सौराहामा सुरु भयो दोस्रो मेडिकल लिटरेचर मेला 



Download our app to get more features

चितवन, १५ चैत । चितवनमा  दोश्रो मेडिकल लिटरेचर मेला सुरु भएको छ ।

शुक्रबार चितवनको पर्यटकीय नगरी सौराहामा  एक कार्यक्रमका बिच हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र प्रा. डा गोविन्द केसीले मेलाको उद्घाटन गरेका हुन् ।   

मेला थारु कल्चर हाउसमा २ दिनसम्म चल्ने भएको छ । मेलामा मेडिकल क्षेत्रमा कार्यरत र साहित्यमा रुचि भएका साहित्यकारहरुको सहभागीता रहेको छ ।

विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको संस्था ‘हाम्रो कथा’ले मेलाको आयोजना गरेको हो । 

मेलाको स्थानिय संयोजन भने ‘डबली, द स्पेस’ले गरेको आयोजकले बतायो । उक्त मेलामा साहित्यसँग सम्वन्धित बिभिन्न १० बटा बहसका कार्यक्रम समेत राखिएको छ ।

पहिलो दिनको पहिलो सत्रमा भने कलाकार मदनकृष्ण श्रेष्ठ र बनिता खनालसँग स्वस्थ हुनुको मूल्यका बिषयमा बहस गरिएको छ ।

सो बहसलाई डा रविन्द्र समिरले सहजिकरण गरेका थिए । पहिलो दिनको दोस्रो सत्रमा ३ वटा एजेन्डामाथि ३ डाक्टरहरुले आफ्नो विचार राखेका थिए ।

आयोजकाअनुसार विषय बिज्ञ र साहित्यकारहरु सम्मिलित सो मेला साहित्य क्षेत्रमा एउटा नौलो मेलाको रुपमा आयोजना गरिएको छ । 

Last modified on 2019-03-30 07:06:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts