चिकित्सकले स्थानीय तहमा जान्न भन्नु संविधान विपरितः स्वास्थ्य राज्यमन्त्री यादव



Download our app to get more features

काठमाडौं, १५ चैत । मेडिकल कलेजहरुले तोकिएभन्दा बढि शुल्क असुली गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले सो शुल्क बैज्ञानिक ढंगले निर्धारण गर्न लागिएको बताएका छन्।

नेपाल मेडिकल काउन्सिलको ५६ औं वार्षिकोत्सवका अवसरमा शुक्रवार राजधानीमा भएको कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिने गरेकोमा त्यसलाई वैज्ञानीक ढुंगले समाधान गरिने बताए । उनले दुई वर्ष भित्र सबै स्थानीय तहमा स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने लक्ष्यका साथ पनि सरकारले काम गरिरहेको दावी गरे । उनले भने ‘स्वास्थ्य सेवालाई निःशुल्क बनाउन सबै स्थानीय तहमा स्वास्थ्य चौकीहरुको स्थापनाको कामलाई अघि बढाइएको छ अब स्थानीयतहमा बन्ने स्वास्थ्य संस्थाहरुमा चिकित्सकहरु पुग्नुहुने छ र जनताले गुणस्तरीय सेवा पाउनु हुनेछ।‘

राज्यमन्त्री यादवले सविधानलाई मान्ने चिकित्सकहरुले स्थानीय तहमा जादैनौँ भन्न नमिल्ने बताए। उनले भने ‘ संविधान मान्ने तर त्यही सविधानबाट आएको संघीयता अनुरुपको सामायोजन गरी स्थानीय तहमा पठाउँदा डाक्टरहरु जान नमान्ने यो कस्तो कुरा हो।‘

Last modified on 2019-03-30 07:06:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts