क्यान्सर पीडित राधिकालाई सहयोगको अपिल



Download our app to get more features

झापा, १५ चैत । स्तन क्यान्सरबाट पीडित झापाकी राधिका न्यौपानेको उपचार्थ सहयोगको अपिल गरिएको छ । इजरायलको किन्नरेट कलेजमा अध्यायनरत न्यौपानेलाई अघिल्लो हप्ता मात्रै क्यान्सर भएको पत्ता लागेको थियो । 

साना किसान बैंकको एक वर्षे कृषि प्रक्षिक्षणका लागि इजरायल पुगेकि राधिकालाई आइतबार मात्रै नेपाल फर्काइएको हो । ‘अचानक आएको यस्तो बज्रपातलाई हामी सबैले सहयोग गर्नु पर्छ’, सहयोग संकलनका अभियान्ता झलेन्द्र भटट्राईले भने, ‘तत्काल २० लाख रुपैयाँ आवश्यक छ ।’ साना किसान बैंकका डिपुटि सिइओ समेत रहेका उनले यस्तो अवस्थामा सबैको सहयोग जरुरी रहेको बताए । 

वर्ष दिन अघिमात्रै विबाह बन्धनमा बाँधिएकी न्यौपानेका श्रीमान हाल बैदेशिक रोजगारिको शिलशिलामा दुबाइमा रहेका छन् । श्रीमतीको यो अवस्था पछि उनी फर्कने तयारीमा छन् । 

न्यौपानेको नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहको छ ।  उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठका अनुसार उनको स्वास्थ्यमा क्रमश सुधार आईरहेको छ । उपचारपछि क्यान्सर निको हुने डाक्टर श्रेष्ठ भनाइ छ । क्यान्सर चौथो स्टेजमा पुगेको हुनाले उपचारमा ठूलो रकम लाग्ने देखिन्छ । 

‘जिन्दगी कसको के ठेगान, सकेको सहयोग गरौं, सानो भए पनि खुसी रोपौं, खुसी बाँडौं’, अभियान्ता भट्टराईको अपिल छ ।

Last modified on 2019-03-29 17:15:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts