सरसफाईलाई पहिलो प्राथमिकता दिँदैै तिलोत्तमामा ३७ औ वृहत्त सरसफाई अभियान



Download our app to get more features

रुपन्देही, १५ चैत्र । मानिसको जीवन र स्वास्थ्यसँग जोडिएकाले सरसफाईलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भएको बताउँदै  तिलोत्तमा नगरपालिकाले ३७ औ श्रृंखला अन्र्तगत वडा नम्बर ९ मा आज वृहत्त सरसफाई गरिएको छ ।

स्वास्थ्यप्रति सबैको चेतना जगाउने उदेस्यले नगरपालिकाले घर छिमेकमा सरसफाई अभियान सुरु गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । नगरप्रमुख बासुदेब घिमिरेले भने समुदायमा आधारित नगर सरसफाई एवं हरीयाली प्रवद्र्धन प्रत्येक महिनाको १ र १५ गते समुदायमा आधारित सरसफाई अभियान सञ्चालन गर्दै आएका छौ ।  यसबाट दुबै पक्षलाई फाईदा हुने बताए । 

नगर स्वच्छ सफा हरियाली भएपछि रोगलाग्ने अबस्था पनि कमहुदै जाने र नरसरसफाई हुने बताए । मंगलापुरचोकबाट आजको सरसफाई कार्यक्रम सुरु गरीएको थियो । सरसफाई अभियानमा  वडानम्वर ९ का जनप्रतिनिधिहरुका साथै कर्मचारी, विभिन्न संघ–संस्था, क्लव, आमा समूह, टोल विकास संस्था,शिक्षण संस्था,सहकारी सस्था लगायत स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।

मंगलापुरदेखि भलवारीचोक तथा शंकरपुर चोकसम्म मुख्य सडक र भित्रि सडकहरुमा बिहान ७ बजेदेखि ९ बजेसम्म २ घण्टा लगाएर सरसफाई गरेका थिए । आजको सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै वडानम्वर ९ का अध्यक्ष नारायण न्यौपानेले स्वच्छ, सफा, सुन्दर हराभरा समृद्ध नगर बनाउने अभियानमा प्रत्येक वडा र वडाबासीले साथ दिनुपर्ने बताए ।

स्वास्थ्य र सरसफाई नगरपालिकाले अभियान चलाएपनि यो प्रत्येक मानिसको जीवन र स्वास्थ्यसंग जोडिएकाले सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर अघिबढेको बताए । त्यस्तै नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले हरेक व्यक्ति सचेत भएमा फोहोर कम हुने बताउँदै गुड्खा तथा जंङ्क फूडका खोल तथा प्लाष्टिकलाई जथाभावी नफाल्न नगरबासीलाई अनुरोध गरे ।

सार्वजनिक स्थानमा जथाभावी फोहोर गर्नेहरुलाई प्रचलित कानुन अनुसार कारवाही गर्न नगरपालिका बाध्य हुने बताउँदै उनले सरसफाई अभियानको स्वामित्व सबैले लिनुपर्नेमा बताए ।
 

Last modified on 2019-03-29 17:15:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts