निःशुल्क दिनुपर्ने रगत कास्की रेडक्रसले शुल्क लिएर बेच्दै



Download our app to get more features

पेखरा, १५ चैत । नारा नै छ रक्तदान जीवन दान । यहि नारा सहित धेरै ठाउँमा रक्तदान कार्यक्रमको आयोजना पनि हुन्छ । जहाँ मानिसहरुले स्वतस्फुर्त रुपमा गएर रक्तदान गर्छन् । तर रक्तदाताले निःशुल्क दान गरेको रगत रेडक्रसले बिरामीलाई शुल्क लिएर बेच्ने गरेको आरोप छ ।  

रगत मानिसको जीवनमा नभइ नहुने अत्यन्तै महत्वपूर्ण तरल पदार्थ हो । जुन नहुदाँ मानिसको जीवन मरण हुन्छ । त्यसैले त रगत अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान गरिन्छ । मानिसमा पनि रक्तदान गर्नुपर्छ भन्ने मानसिकताको विकास भएको छ । हरेक ठाउमा रक्तदाताले निःशुल्क रगत दान गर्छन् । तर निःशुल्क दान गरेको रगत रेडक्रसले शुल्क लिएर बेच्ने गरेको आरोप छ । निःशुल्क प्राप्त रगत निःशुल्क नै वितरण हुनुपर्ने पोखराका स्थानीयको भनाइ छ ।

यता रेडक्रसले भने यो आरोप सोझै अस्विकार गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले रेडक्रसले रगतको शुल्क नभएर रगत राख्ने ब्लड व्याग, रगत परिक्षण गर्दा, सञ्जय गरेर राख्दा आवश्यक पर्ने फ्रिज र विद्यतुको शुल्क लाग्ने भएकोले त्यसको मात्र शुल्क लिने गरेको बताए । सरकारले कुनै अनुदान नदिनु, रक्त सञ्चार केन्द्रमा खटाउनुपर्ने कर्मचारीको तलव र रक्त सञ्चारको खर्च व्यवस्थापन गर्न रगत परिक्षण लगायतको शुल्क लिनु आफुहरुको बाध्यता भएको उनको भनाई छ । तर असहाय र न्यून शुल्क तिर्न नसक्ने विरामीहरुको लागि भने आफुहरुले निःशुल्क रगत वितरण गर्ने गरेको उनका भनाइ छ । 

रगत मानव जीवनको संनेदनशील पाटो भएकोले कसैको पनि रगतको अभावमा ज्यान गुमाउन दिन हुदैँन । रेडक्रसले रगतको शुल्क नभएर रगत परिक्षण लगायतको न्युनतम मात्रै शुल्क लिने गरेको हो । तर कहिले काही त्यही न्युनतम शुल्क पनि विरामीलाई बोझ पर्न सक्छ । त्यसलै रेडक्रसले रगत परिक्षण लगायतको शुल्क लिन नपर्ने गरी सरकारले व्यवस्था गरिदिए रेडक्रसलाई पनि राहत हुने थियो र विरामीलाई पनि भार पर्ने थिएन ।

Last modified on 2019-03-29 21:28:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts