प्रदेश ५ मा स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र उद्घाटन

समस्या देखाएर काममा छुट हुँदैन समाजीक विकास मन्त्री बराल



Download our app to get more features

रुपन्देही, १५ चैत्र । प्रदेश नं ५ ले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको समाजीक विकास मन्त्री सुदर्शन बरालले उदघाटन गरे । सामाजीक विकास मन्त्रालय अन्र्तगत रहेको आपुर्ति व्यवस्थापन केन्द्रको उ्दघाटन समारोहमा बोल्दै मन्त्री सुदर्शन बरालले प्रदेशमा थोरै जनशक्ती बाट धेरै काम गर्नपर्ने अबस्था अझैपनि कायम रहेको बताए। स्वास्थ्य क्षेत्रमा कर्मचारी, भबन ,उपकरण सबै अभाब रहेको भएपनि  समस्या देखाएर  काममा छुट नहुने बताए । 

उनले मन्त्रालयले लिएको लक्ष्यअनुसार काम गर्नु पर्ने बताउदै स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र अति महत्वपुर्ण भएको ले थोरै कर्मचारी भएपनि औषधि तथा अन्य आपुर्तिको क्षेत्रमा समस्या नहुने  कामगर्नु पर्ने बताए । मन्त्रालयले  ले कुनैपनि चिजको अभाब नहुने तरिकाले आफुलागेको मन्त्री बरालको भनाई थियो । 

उद्घाटन कार्यक्रममा समाजीक विकास मन्त्रालयका सचिब कृष्ण ज्ञवालीले अभाव भएको भनेर मात्र नहुने बताउदै व्यवस्थापन पक्षलाई राम्रो बनाउनु पर्ने बताए । सचिव ज्ञवालीले  समिति कर्मचारी केन्द्रको शसक्त बजेटबाट काम गर्ने समस्या भएको बताए ।  मन्त्रालयले बजेट अभाव हुन नदिने गरि काम गरेको बताए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालका प्रमुख दिनेस कुमार चापागाईले स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले ब्यबस्थापन अनुसार मन्त्रालय बिभागको प्रगती आउने भएकोले राम्रो संग कामगर्नु पर्ने बताए । समाजीक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले गत बर्षभन्दा यस वर्ष राम्रो प्रति हुने तरिकाले काम अघि बढेको बताए । गत वर्षभन्दा यसवर्ष भौतिक वृतिय दुबै प्रगति राम्रो रहेको बताए ।
गत वर्षभन्दा सबै क्षेत्रमा जनशक्ती थोरी भएपनि रहेकोले काम राम्रो संग हुने बताए । कार्यक्रममा आपुर्ति महाशाखाका निमित्त निर्देशक प्रमुख बुद्धिराज काफ्लेले  आफुहरुले राम्रोसंग औषधी खोज लगायतलाई ब्यबस्थापन कासाथ अघि बढाउने बताए । उनले ६ जिल्लालाई मात्र भएको केन्द्रले १२ जिल्लालाई यसठाउ वाट ब्यस्थापन गर्न समस्या हुने भएकोले नेपाल गञ्जलाई  भ्याक्सीनको सवकेन्द्र संञ्चालन गर्न सके सहज हुने बताए ।

Last modified on 2019-03-29 21:28:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts