नर्स अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा प्रभावित



Download our app to get more features

सुनसरी, १५ चैत । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्टाफ नर्सको संख्या घट्दै गएपछि उपचार सेवा नै प्रभावित बन्दै गएको छ । नर्सको अभावले सबैभन्दा बढी असर आकस्मिक कक्ष, आइसियु र डाइलाइसिस सेवामा परेको छ । 

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सय बेडको अस्पताल रहँदा कुल ६ सय १ जना स्टाफ नर्सको दरबन्दी थियो । अहिले ७ सय ५० भन्दा बढी बेड विस्तार भएको छ । तर दरबन्दी अनुसारको स्टाफ नर्स नहुँदा र नर्सहरुले काम छाड्दै गए पछि उपचारमा नै कठिनाइ भइरहेको छ । प्रतिष्ठानको इर्मेजेन्सीमा क्षमताभन्दा दोब्बर विरामीको चाप हुन्छ । विरामीको अत्यधिक चापले इर्मेजेन्सीमा भुइमा राखेर पनि उपचार गर्नुपर्ने बाध्यता छ ।

तथ्यांक अनुसार गत फागुन महिनासम्म ४ सय २ जना मात्र नर्सहरु कार्यरत छन् । इर्मेजेन्सी र आइसियुको लागि निकै समस्या छ । मानसिक तनावमा काम गर्नुपर्दा विरामीलाई गुणस्तरीय सेवा प्रवाह प्रभावित छ । प्रतिष्ठानमा ४० वटा वार्ड छन् । हाल प्रतिष्ठानमा भएको स्टाफ नर्सको संख्या अनुसार एउटा वार्डमा १० जना मात्र नर्सको संख्या पुग्छ । यो संख्याले इर्मेजेन्सी र आइसियुमा ३ सिफ्टमा चलाउनै नसकिने अवस्था छ । 

नर्सको अभावले अस्पताल सेवा नै प्रभावित हुने अवस्था भएपछि नयाँ नियुक्ती प्रक्रिया अघि नबढेको भने होइन । तर, पदाधिकारीबीचको द्वन्द, स्वास्थ्य मन्त्री र उपकुलपति बीचको मतभेदले नियुक्ती प्रक्रिया बीचैमा रोकिएको छ ।  
 

Last modified on 2019-03-29 21:28:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts