वैदेशिक रोजगारीमा जाँदा सरकारी मान्यता प्राप्त संस्थाबाट मात्र मेडिकल गराउनुपर्ने



Download our app to get more features

काठमाडौं, १५ चैत । नेपाली कामदार विदेश जानु पूर्व गरिने स्वास्थ्य परिक्षणका लागि मलेसियाले मापदण्ड पठाएको छ । नवीकरण भएका तथा कालोसूचीमा नपरेका स्वास्थ्य परीक्षण गर्ने संस्थाको लागि मापदण्ड सार्वजनिक गर्ने र मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी वैदेशिक रोजगारीमा विभिन्न खाडीमुलुक जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिने भएको छ ।

विगतमा वैदेशिक रोजगारीमा पठाउने अधिकांश मेनपावर कम्पनीहरुले विभिन्न स्वस्थ्य संस्थाहरुमा गलत मेडिकल रिपोट बनाएर पठाएपछि थुप्रै नेपाली युवाहरु विदेश पुगेर फिर्ता हुनुपरेको थियो  र परिरहेको छ । यही कुरालाई ध्यानमा राख्दै सरकारले ढिलै भएपनि अव सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाहरुले मात्र मेडिकल रिपोट बनाउनुपर्ने व्यवस्था गरेको छ । यसबाट विगतमा मेनपावरहरुले पैसा कमाउने नाममा स्वस्थ्य परिक्षणको गलत रिपोट बनार वैदेशिक रोजगारमा जानेहरु संगै पैसा असुल्ने गरेका थिए । जसले गर्दा नेपालबाट धेरै खर्च गरेर विदेश पुगेका नेपाली कामदारहरु फर्किनु पर्ने अवस्था थियो । 
 
उनी त एकप्रतिनिधि पात्र मात्र हुन । उनी जस्तै मेडिकल फेल भएर फर्कनु परेका धेरै युवाहरुको पिडा उस्तै छन । मेनपावरहरुले विदेश जानुअघि भनिएको काम र सोअनुसारको पैसा नपाएपछि विदेश पुगेर युवाहरुले सास्ती मात्रै व्यहोर्नु परेको थिएन कतिले त निराश भएर ज्यानै समेत गुमाएको घटनाहरुको सुचि पनि लामै छ । तर अव भने नेपाली कामदार यस्ता समस्या बाट मुक्तिहुने भएका छन । 

अब मलेसिया लगायत अन्य खाडीमुलकमा काम गर्न जाने कामदारहरुले सरकारले मान्यता दिएको स्वस्थ्य संस्थाहरुबाट मात्रै स्वस्थ्य परिक्षण गरेपछि मात्रै विदेश जानको लागि मान्य हुने प्रवधान ल्याएको छ । नेपाली यूवाहरुको रोजगारीको लागि आर्कषणमा रहेको मलेसियले त मलेसियाले नै छनौट गरेको प्यानल मेडिकलमा स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्नुपर्ने, मेडिकल संस्थामा गएर अनलाइन पासपोर्ट रजिष्टेसन गर्नुपर्ने लगायतका प्रक्रियाहरू पुरा गरिकसेकपछि मात्रै कामदार मलेसिय जान पाउने छन ।

त्यसको लागि मेडिकल फिट वा अन फिट रहेको जानकारी मेडिकल सेन्टरहरूले मलेसियामा रहेको स्वास्थ्य मन्त्रालयलाई कामदारको रेकर्ड उपलब्ध गराउनुपर्ने छ । यसअघि नेपाल सरकारले कामदारको स्वास्थ्य परीक्षणको जिम्मा मलेसियालेनै लिनुपर्ने अडान लिँदै आइरहेको थियो । 

कामदारको मेडिकल जाँच, एक्सरे, प्याथोलोजी ल्याब, क्वालिटी म्यानेजमेन्ट सिस्टम अफ ल्याब्रोटरी, टेक्निकल रिक्वायरमेन्ट लगायतका विषयमा स्वास्थ्य परीक्षण विधि कसरी गर्ने लगाएत मापदण्डमा उल्लेख छ । सरकारले ल्याएको निती संगै वैदेशिक रोजगारीमा जांदा मेडिकलका नाममा ठगीने यस्ता हर्कतहरुमा सुधार आउने धेरैले अपेक्षा गरेका छन । 
 

Last modified on 2019-03-29 21:28:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts