बुटवलस्थित महिला तथा बाल अस्पतालमा आगलागि

बुटवल, १५ चैत । बुटवलस्थित महिला तथा बाल अस्पताल आम्दाको सुरक्षा पोष्ट र विद्युत गृहमा आगलागी भएको छ ।
आगलागीबाट अस्पतालका दुई वटा जेनेरेटर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्ली मल्लले जानकारी दिए ।
उनका अनुसार आगो बुटवल उपमहानगरपालिकाको दमकलले निभाएको छ ।
Last modified on 2019-03-29 08:52:53