नेपालमै पहिलोपटक मानसिक रोगीहरुका लागि सुविधा सम्पन्न पुनस्थापना केन्द्र सञ्चालनमा ल्याइँदै

दाङ, १४ चैत्र । मानसिक रोगीहरुलाई पुनःस्थापना गर्ने उदेश्यले नेपालमै पहिलोपटक मानसिक रोगीहरुका लागि सुविधा सम्पन्न पुनस्थापना केन्द्र सञ्चालनमा ल्याउन लागिएको छ ।
प्रदेश नं ५ अन्तर्गत दाङको घोराही उपमहानगरपालिका वडा नं ३ कुईरेपानीमा आँउदो बैसाख देखी परामर्शात्मक सेवा दिने उदेश्य सहित निर्माणधिन भवनको काम तिब्ररुपमा अघि बढेको प्रेरणाका लागि अभियान संस्थाका अध्यक्ष श्रीधरकुमार लम्सालले बताए ।
राज्यको नजर नपरेको तथा सडकमा वेवारीसे जीवन जीउन बाध्य भएका मानसिक रुपले समस्या ग्रस्त व्यक्तिहरुको उपचार, रेख देख, पालन पोषण गरी समाज तथा परीवारमा पुनःस्थापना गर्नै काम केन्द्रले गर्नै छ ।
करीब २ करोडको लगानीमा १४ कट्ठा जमिनमा निर्माणाधिन केन्द्रको भवनको क्षमता ५० जनाको रहेको छ ।
२०७६ सालको असाढ मसान्त सम्ममा पुर्णरुपमा संचालनमा ल्याउन लागिएको केन्द्रमा विशेषज्ञ डक्टर सहितको निःशुल्क सेवा उपलब्ध हुने अभियानले जनाएको छ ।
अभियानका अनुसार करीब ६ महिना सम्मको उपचार, परामर्श पस्चात समाजमा पुनःस्थापना गर्न सकिने लक्ष्य सहित नयाँँ वर्ष २०७६ वैशाख देखी संचालनमा अउन लागेको केन्द्रको सेवाबाट नेपालीहरुले लाभ लिन सक्नेछन् ।