जनकपुर अञ्चल अस्पतालमा मेसुको मनपरी, ४४ जना आसेपासेलाई कर्मचारीमा नियुक्ति



Download our app to get more features

जनकपुर, १३ चैत । प्रदेश २ कै सुविधा सम्पन्न सरकारी अस्पताल जनकपुर अञ्चल अस्पताललाई मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नागेन्द्र यादवले भ्रस्टाचारको अखाडा बनाएर आफुखुसि राजाँई गर्न थालेको गुनासो आउन थालेको छ । यादवले आफनो पावरलाई प्रयोग गर्दै आफु नियुक्त भएको एक वर्ष पनि नपुग्दै अस्पतालमा डोर हाजरीमा ४४ जना आफ्ना आसेपासेका व्यक्तिहरुलाई राखेको पाइएको छ ।

डाक्टर नागेन्द्र यादवले डोर हाजिरी अर्थात दैनिक ज्यालादारीमा ८ जना मेडिकल अधिकृत, २० जना स्टाफ नर्स, ७ जना कार्यालय सहायक, २ जना कम्प्युटर अपरेटर, ७ जना स्विपर र एक जना माइक्रोवायोलोजीस्टलाई नियुक्त गरेका हुन् । जस अन्तर्गत उनिहरुले ९ लाख ४६ हजार ५ सय ५० रुपैयाँ बालुवामा पानी मिसाए जस्तै विना काम गरि सहि छापको सहारामा अस्पतालबाट बुझ्दै आएका छन् । 

त्यस्तै अस्पतालमा यस आर्थिक बर्षको फागुन महिनासम्ममा बिरामीहरुलाई दुई छाक खाना खुवाए वापत १० लाख रुपैयाँ खर्च भएको रेकर्ड देखाईएको छ । जबकी बिरामीहरुले आफूले अस्पतालको नखाएको गुनासो गरेका छन् । 

यता अस्पतलको रेकर्ड हेर्ने हो भने खाना खर्चमा अस्पतालले लाखौं रुपैयाँ निकासी गरेको देखिएको छ ।  

अस्पतालमा आउने विरामीहरुका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न विभागका चिकित्सकहरु खटाईएका छन् । तर उनीहरु १२ बजेपछि बिरामी जाँच्न छाडेर खाना खाने नाममा आफनो नीजि क्लिनीक तर्फ गएको बिरामीहरुको गनासो छ । 

जनकपुर अञ्चल अस्पतालका लेखा अधिकृत रामविनय यादवले अस्पताल भित्र विभिन्न शीर्षकमा कोटेशन माग गर्दा आफुहरुको पोल खुल्ने डरले केही विरोधीहरुले आफुविरुद्ध नकारात्मक अफवाह फैलाएको जिकिर गरे । उनले अस्पतालको सामग्री खरिदमा डा. यादवले आफुसँग कुनै सोधपुछ समेत नगर्ने गरेको दाबी गरे । 
 

Last modified on 2019-03-28 07:16:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts