एनएलआईसीको ५० लाख सम्मको ‘घातक रोग सुविधा योजना’



Download our app to get more features

काठमाडौं, १२ चैत । नेपाल लाइफ इन्स्योरेन्सले ५० लाख रुपैयाँसम्मको ‘घातक रोग सुविधा योजना’ ल्याउन लागेको छ ।

कम्पनीले विभिन्न घातक रोगको जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक गर्दै ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो ।

योजनामा सहभागी हुन नियमित बिमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी दिएको छ ।  विभिन्न घातक रोग लाग्दा पर्नसक्ने आर्थिक समस्यालाई दृष्टिगत गरी योजना सञ्चालन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले जानकारी दिए । हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले सहयोग पुग्ने विश्वास सिइओ झाले व्यक्त गरे ।

यस योजनामा सहभागी हुन नियमित बिमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । जीवन बिमा बजारमा झन्डै एकतिहाइ भाग ओगटेको यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिरहेको छ ।

यस योजनामा क्यान्सर, अन्तिम चरणको मिर्गौला फेल, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेस्ट सिएबिजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भको मर्मत, मस्तिष्कघात, लगायतका विभिन्न रोगलाई समावेश गरिएको छ ।


 

Last modified on 2019-03-27 06:29:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts