चाल्नाखेल दुर्घटनामा घाइते भएकामध्ये चार जनाको वयोधामा शल्यक्रिया हुँदै



Download our app to get more features

काठमाडौं, १२ चैत । दक्षिणकालीबाट रत्नपार्क तर्फ आउँदै गरेको बस दुर्घटनामा घाइते भएकाहरु मध्ये ४ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ । 

बल्खुस्थित वयोधा अस्पतालमा ल्याइएका १२ जनामध्ये ४ जनाको हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । बिहान दक्षिणकालीबाट हिँडेको यात्रुबाहक बस ललितपुरका चाल्नाखेलमा दुर्घटनाग्रस्त भएको थियो । 

दुर्घटनामा परेका आठजनाको सामान्य उपचार भइरहेको र चारजनाको शल्यक्रिया गर्नुपर्ने अवस्था भएको अस्पताल प्रबन्धक प्रतिक्षित शाक्यले जनाए । 

घाइतेहरुको उपचारमा डा. सश्मीत शर्मालगायतको टोली संलग्न छ । साथै घाइतेहरु मध्ये केहीको स्वयम्भूस्थित मनमोहन अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

Last modified on 2019-03-26 14:25:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts