दोस्रो लगानी सम्मेलनमा स्वास्थ्य क्षेत्रका लागि विशेष परियोजना प्रस्तुत गर्ने सरकारको तयारी



Download our app to get more features

काठमाडौं, १२ चैत । सरकारले आसन्न लगानी सम्मेलनमा स्वास्थ्य क्षेत्रका तीन महत्वपूर्ण अवधारणा प्रस्तुत गर्ने तयारी गरेको छ ।

आउँदो शुक्रबार र शनिबार दोस्रो लगानी सम्मेलनमा उच्चस्तरीय स्वास्थ्य सेवाका लागि योजना तयार गरिएको नेपाल लगानी बोर्डले जनाएको छ । 

बोर्डका सदस्य हरिभक्त शर्माले देशको कुनैपनि उपयुक्त भू भागमा सञ्चालन गर्न सकिने स्वास्थ्य क्षेत्रको हिसावले आकर्षक केन्द्रको रुपमा विकास गर्न परियोजना तयार पारिएको बताए ।

परियोजना अन्र्तगत एक विश्वविद्यालयको कल्पना गरिएको भन्दै उनले यसमा तीन शय्याको अस्पताल पनि समेटिएको र जहाँ व्यवस्थित तथा आधुनिक ब्लड बैंकपनि रहने जानकारी गराए ।
११ अर्व लागत अनुमान गरिएको सो परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा थप नयाँ आयाम थपिने शर्माको भनाई छ ।

यस्तै, धुलिखेल नगरपालिका विकसित गर्ने लक्ष्य अनुसार चिकित्सा विज्ञान महाविद्यालय शिक्षण अस्पताल पनि परियोजना अन्र्तगत समेटिएको छ । तीन सय शय्यासहितको अस्पतालमा नसर्ने रोगको विशेषज्ञसहितको उपचार सेवा, ट्रमा सेन्टर, अनुसन्धान केन्द्र लगायत योथ तथा आयुर्वेदिक केन्द्रसमेत सञ्चालन गर्ने योजना यो परियोजनामा समेटिएको छ । जसका लागि झन्डै १४ करोड रुपैया लागत अनुमान गरिएको जनाइएको छ ।

Last modified on 2019-03-26 14:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts