के ओठ सुक्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय



Download our app to get more features

‘ओठ’ भन्ने वित्तिकै सौन्दर्यतालाई झल्काउँछ । त्यसैले मानिसहरु आफ्ना ओठमाथि विशेष ध्यान पु¥याउने गर्छन् । ओठ सुक्ने समस्या जाडो मौसममा मात्रै नभई हावाहुरी चल्ने मौसममा पनि हुने गर्छ ।त्यसकारण ओठ सुक्ने समस्याबाट राहत पाउनका लागि मानिसले अनेक उपाय पनि अपाउने गर्छन् ।

मानिसहरु ओठ सुक्ने समस्याले हैरान हुन्छन् । कतिपयको त ओठ सुकेर रगत पनि बग्ने गर्छ । त्यति मात्र होइन, ओठको समस्याले मुखै छोपेर हिड्ने बाध्यता सिर्जना हुन्छ । जसले मानिसहरु निकै आजित भएका हुन्छन् । ओठ सुक्ने समस्या विभिन्न कारणहरुले हुनसक्छ । तर यसबाट बच्न निम्न प्रकारका उपायहरु अपनाउन सकिन्छ :

  • शरीरमा पानीको कमिले ओठ सुक्ने गर्दछ । त्यसैले शरीरमा पानीको कमी हुन दिनु हुँदैन ।
  • शरीरमा पानी सुक्ने समस्याले डिहाइडे«सन पनि निम्तिन्छ । जसकारण ओठ सुक्ने गर्दछ ।
  • टुथपेस्टका कारण पनि ओठ सुक्ने समस्या हुनसक्छ ।
  • शारीरिक अस्वस्थताका कारण पनि ओठ सुक्ने समस्या हुन्छ । त्यसैले यसबाट सचेत हुन जरुरी छ ।
  • भिटामीन ‘ए’ र ‘बी’ को कमिले पनि ओठ सुक्ने हुनाले खानामा विशेष ध्यान पु¥यानुपर्दछ ।
  • ओठ सुक्ने अर्को कारण भनेको ‘अल्ट्राभ्वाईलेट’ पनि हो । धेरै बेरसम्म अल्ट्रभ्वाईलेट किरणमा बस्दा ओठ सुक्ने समस्या हुनसक्छ । यसबाट बच्न लिपबाम लगाउनुपर्दछ ।
  • मुखबाट स्वास लिने बानीले पनि ओठ सुक्खा बनाउँछ ।
  • ओठ  फुट्ने समस्या पनि आउने हुनाले नाकबाट स्वास लिनुलाई राम्रो मानिन्छ ।
  • ओठ सुकेपछि प्राय मानिसहरुले जिब्रोको सहायताले ओठलाई चिसो बनाउने गर्दछ  ।
  • कतिपयले त दाँतले टोक्ने पनि गर्छ जसले गर्दा रगतै निस्किन्छ । त्यसैले ओठ संवेदनशिल अँग भएकाले विशेष ध्यान दिनुपर्छ । 

 

(सौन्दर्य विज्ञ सरिता शर्मासँग गरिएको कुराकानीको आधारमा)

Last modified on 2019-03-26 14:25:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts