स्वास्थ्य दर्पण हेल्थ अवार्ड –२०७५’ बाट हाम्रो डक्टर सम्मानित 



Download our app to get more features

काठमाडौं, ९ चैत ।  हाम्रो डक्टरका अध्यक्ष तथा प्रधानसम्पादक  उद्धवराज भेटुवाल ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड –२०७५’ बाट सम्मानित भएका छन् ।  स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवको अवसरमा शनिबार पत्रकार भेटुवालाई हेल्थ अवार्ड प्रदान गरेर सम्मान गरिएको हो ।

उनीलगायतका अन्य स्वाथ्य पत्रकार र चिकित्सकलाई पनि स्वास्थ्य दर्पण हेल्थ अवार्ड  प्रदान गरिएको  छ ।

उनीलगायतका अन्य स्वाथ्य पत्रकार र चिकित्सकलाई पनि स्वास्थ्य दर्पण हेल्थ अवार्ड  प्रदान गरिएको  छ ।

साथै ७ वटै प्रदेश का ९ जना चिकित्सक प्रा.डा.संजिवकुमार शर्मा, डा।श्याम सुन्दर दास, डा.मदनकुमार पिया, प्रा.डा.श्यामराज रेग्मी, प्रा.डा.भरतबहादुर खत्री, डा.सुरेशकुमार कनौडिया, डा.निरेश थापा, डा.चन्द्रप्रकाश पाण्डे, डा.अजय न्यौपानेलाई  स्वास्थ्य दर्पण हेल्थ अवार्ड प्रदान गरिएको हो ।

यस्तै हेल्थ अवार्ड स्वास्थ्यकर्मीद्वय कृष्णप्रसाद रिजाल र गोविन्द नेपाललाई दिइएको छ भने स्वास्थ्य संस्थाअन्तर्गत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले समेत हेल्थ अवार्ड पाएको छ ।

 कार्यक्रममा कांग्रेस महामन्त्री डा.शशांक कोइराला, पूर्वस्वास्थ्यमन्त्री डा.वंशिधर मिश्र, पत्रकार महासंघका महासचिव रमेश विष्ट, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवाल स्वास्थ्य दर्पणका अध्यक्ष सन्दिप श्रेष्ठ लगायतको उपस्थिति थियो ।

 

Last modified on 2019-03-24 08:18:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts