हाम्रो डक्टर चौथो वर्षमा, अनलाईन सेवा सहितको मोबाईल एप्स शुभारम्भ



Download our app to get more features

काठमाडौं, ९ चैत । स्वास्थ्य मल्टिमिडिया एवं अनलाईन स्वास्थ्य सेवा प्रदायक हाम्रो डक्टरले स्थापनाको तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । 
हाम्रो डक्टरले वार्षिकोत्सवको अवसरमा आफ्नो मोबाइल एप्लिकेशनको परिस्कृत स्वरुप पनि शुभारम्भ गरेको छ ।

संस्थाको कार्यालय अनामगनरमा आयोजित वार्षिकोत्सव समारोहमार्फत नेपालमै पहिलोपटक अनलाईनका साथै मोबाइल एपमार्फत हजारौंको संख्यामा रहेका चिकित्सकसँग निःशुल्क एवं

सःशुल्क स्वास्थ्य परामर्श सेवा, मेडिकल रिपोर्ट संग्रह, अस्पतालका सेवा बुकिंग, चिकित्सक, अस्पताल, क्लिनिक लगायत सेवाप्रदायकहरुको खोजी, सिफारिस लगायत सेवा सुरु गरेको हो ।

साथै हाम्रो डक्टरले चिकित्सक, अस्पताल, क्लिनिक, रक्तदाता, औषधि, एम्बुलेन्स लगायतका सेवाप्रदायकहरुको ठूलो विवरण पनि उपलब्ध गराएको छ । 

अघिल्लो वर्षयता वेभसाइटबाट विभिन्न अनलाईनमा आधारित सेवाहरुको परीक्षण गरेको हाम्रो डक्टरले चौथो वर्ष प्रवेशसँगै एप्लिकेशनबाट यी सेवाहरु सुरु गरेको हो ।

इन्टरनेट र प्रविधिको बढोत्तरीसँगै स्वास्थ्य सेवा सहजीकरणमार्फत देशभित्र र बाहिरका मानिसलाई समेत नविन प्रविधिको प्रयोगले सेवा दिने उद्देश्यले एप्लिकेशनको नयाँ अपडेट ल्याइएको हाम्रो डक्टरका अध्यक्ष एवं सिइओ उद्धवराज भेटुवालले जानकारी दिए । 

‘स्वास्थ्य सेवा प्रवाहमा इन्टरनेट र प्रविधिको माध्यमबाट क्रान्ति गर्ने उद्देश्यले यो प्रविधि सुरु गरेका हौं’, भेटुवालले भने, ‘यो एप र वेभसाइटको माध्यमबाट मानिसहरुले नयाँ प्रविधिको प्रयोगले धेरैखालका सेवा एउटै माध्यमबाट पाउँछन् ।’

सन् २०१६ मा स्थापना भएको हाम्रो डक्टरले आफ्नो मिडिया संस्करण हाम्रो डक्टर मासिक, अनलाईन समाचार पोर्टल हाम्रो डक्टर न्यूज डटकम, हाम्रो डक्टर यूट्युब टिभी, अनलाईन सेवा प्रवाह गर्ने हाम्रो डक्टर डटकम एवं एण्ड्रोइडआइओएस मोबाइल एप्लिकेशन सुरु सञ्चालन गरिरहेको छ । 

Last modified on 2019-03-24 08:19:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts