संखुवासभा अस्पतालको बिचल्ली, कुरुवा समेत बिरामी हुन थाले



Download our app to get more features

संखुवासभा, ६ चैत । बिरामी परेर उपचार गर्न जाने ठाउँ हो अस्पताल । तर संखुवासभाको जिल्ला अस्पताल खादबारीमा भर्ना हुने अधिकांस बिरामी सञ्चो हुनु त परको कुरा कुरुवाहरु समेत बिरामी परेर घर फर्कनु परेको छ । अस्पतालमा पानीको अभावले बिरामीहरुले सौचालय प्रयोग गर्न समेत समस्या भएको छ । 

अस्पतालमा पर्याप्त पानीको श्रोत नभएको होइन । पानी दिनहु आउँछ । तर अस्पतालले व्यवस्थापन गर्न नसक्दा सौचालय प्रयोगमा समस्या भएको बिरामिहरुको गुनासो छ । 

अस्पतालको सौचालयमा जडान गरिएको धारा जिर्ण भएपछि दुई वर्ष पहिले नयाँ जडान गरिएको थियो । तर नयाँ जडान गरिएको धारामा पानी भने अझै सम्म जोडिएको छैन । बिरामिहरुलाई अस्पतालका कर्मचारीहरुले महिला र पूरुषले एउटै सौचालय प्रयोग गर्न लगाउने गरेका छन् । तर एउटै ट्वाइलेट प्रयोग गर्दा झन अप्ठ्यारो हुने बिरामी र बिरामीका कुरुवाहरु बताउँछन् । 

यता अस्पताल भने सौचालयमा पानी जोडिएको तर बिरामि र बिरामीका कुरुवाहरुले धारा खुल्ला नै छाड्ने गरेका कारण हाल ट्वाइलेटमा पानी जोड्न नसकिएको बताउँछन् । तर बिरामीहरु भने यहाँ आएर झन बिरामी हुन थालेको बताउँछन् । यहाँ आउने सबै जसो बिरामी र उनीहरूका आफन्तहरुले यस्तै समस्या भोग्न बाध्य छन् । जिल्ला अस्पताल खाँदबारीमा दैनिक ८० जना भन्दा बढी स्वास्थ्य जाँच गराउन आउछन् । 
 

Last modified on 2019-03-21 06:06:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts