गर्मी बढ्दैछ, सताउला डन्डिफोरलेः के कारण आउँछ  ?



Download our app to get more features

काठमाडौं, । अहिले जाडो सकिएर गर्मि बढ्दै गएको छ । गर्मि बढेसँगै अधिकांश मानिसलाई विभिन्न किसिमका छालाका समस्याले सताउने गर्छ । जसमध्ये डन्डिफोरबाट बढी हैरानी खेप्नुपर्ने हुन्छ । विषेशगरी चार कारणबाट डन्डिफोरले सताउने छाला विशेषज्ञ डा सविना भट्टराई बताउँछिन् । उनका अनुसार यस्ता छन् ती कारणः

–    अनुहारमा चिल्लो बढी भएपछि डन्डिफोर देखापर्छ ।
–     चिल्लोले ‘पिआक्नि’ नामक किरा उत्पन्न हुन्छ, उक्त किरा विस्तार फस्टाउँदै गएर छालमा संक्रमण भई डन्डिफोरका रुपमा देखापर्छ । 
–    तौलीय ग्रन्थि बढी सक्रिय हुँदा छालाको सतहमा बढी चिल्लो निस्कन्छ । जसले रौंका छिद्रामा धुलोमैलो अड्केर डन्डिफोर देखापर्छ ।
–    कपालको चाया चिल्लो अनुहारमा झरेपछि विस्तारै डन्डिफोरका रुपमा देखापर्छ ।

प्रायगरी युवा अवस्थामा बढी देखिने डन्डिफोर यी कारणबाहेक वंशाणुगत कारण, महिनावारीमा हुने  गढबढीका कारण पनि आउने छाला विशेषज्ञ डा. भट्टराईले जानकारी दिइन् । साथै औषधीको बढी सेवन, अनिद्रा अनियमित खाना र उमेरको कारण समेत अनुहारमा डन्डिफोर देखापर्ने डा भट्टराई बताउँछन् ।

उनका अनुसार डन्डिफोरको समयमै उचित समाधान गर्न नसके दीर्घकालीन रुपमा समस्याको रुप लिन सक्छ । डन्डिफोर कस्तो किसिमको हो, यसको चरण हुन्छन् । चरणअनुसार समान्य हेरचाहदेखि एन्टिबाइटिकको प्रयोग गर्नुपर्ने हुन्छ । ठूला–ठूला गिर्खादेखा परेर लामो समयसम्म निको नभएमा अल्ट्रसाउन्ड नै गरेर हेनुपर्ने डा भट्टराईले बताइन् । उनी भन्छिन् ‘डन्डिफोर चिल्लोपनाले मात्रै नभएर हर्मोन बढेर पनि आउँछ, महिलामा पुरुषको हर्मोन देखिएर पनि यस्तो समस्या देखापर्ने हुँदा ‘पिसिओडि’ गनुपर्ने हुन्छ ।’

अनुहारमा डन्डिफोर आएपछि घोच्ने, निचार्ने गर्न नहुने डा भट्टराईको सुझाव छ । तर, डन्डिफोरको समाधानका लागि बाहिरी वातावरणबाट सचेत रहन आवश्यक छ । उनकाअनुसार चर्को घामबाट बच्नुका साथै पुराना मेकअपको प्रयोगबाट जोगिन आवश्क छ । 

 डन्डिफोर आउँदा विशेषगरी कुन–कुरामा ध्यान दिने, यस्तो छ डा भट्टराइको सुझाव
–अनुहारमा आउने चिल्लोपन सधैँ सफा गर्ने । प्रत्येक दिन सफा पानीले तीनदेखि चारपटकसम्म मुख धुने ।
–मुख सफा गर्दा औषधियुक्त साबुन मात्रै प्रयोग गर्ने । दूषित वातावरणबाट टाढै रहने 
–दैनिक आठदेखि १० गिलास पानी पिउने चिया, कफी, रक्सी र तातो पानी सेवन नगर्ने 
–फेसियल, क्लिजिङ नगर्ने, साथै अनुहारमा केमिकलयुक्त वस्तुको प्रयोग नगर्ने

यसरी गर्न सकिन्छ डन्डिफोरको उपचार 
–डन्डिफोरलाई सफा पानीले सफा गरेर कटनले अनुहार पुछ्ने । 
 –टिस्युपेपरले अनुहारको पानी पूरै सोसेर सुक्खा पारेर प्रत्येक डन्डिफोरमा एस्ट्रिजेन्ट लगाउने । 
–  मसाज जेल वा पाउडरले ५ मिनेटसम्म मसाज गरेर अनुहारमा  गज राखी स्टिम दिने र डन्डिफोर सफा गर्ने । 
– त्यसपछि एन्टिपिम्पल्स फेसप्याक लगाउने । प्याक २० मिनेटपछि पुछेर एस्ट्रिजेन्ट लगाई डन्डिफोरयुक्त अनुहारमा मिल्ने क्रिम लगाउने ।

यी विधि अपनाएमा समान्य किसिमको डन्डिफोर हराएर जाने छाला विशेषज्ञ भट्टराईले सुझाव दिइन् ।

Last modified on 2019-03-20 06:19:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts