न्याम्सका पदाधिकारी नियुक्तिमा सरकारी चिकित्सक संघको विरोध 



Download our app to get more features

काठमाडौं, ५ चैत्र ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नेपाल सरकारले गरेको नियुक्ति प्रति सरकारी चिकित्सक संघ गोदानले आपति जनाएको छ । गोदानले मंगलबार प्रेस विज्ञप्ति जारी गरी सरकारको नियुक्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो । 

संघले पुस ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग गरेको सम्झौताको बुँदा नं. ४ विपरित काम गरेको दावी गरेको छ । सरकार संघ सम्झैता भएको सम्झैतापत्रको बुँदा नं. ४ मा एउटै छाता ऐन ल्याई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गर्ने र हाल सम्म प्रतिष्ठानहरुले संचालन गरेका सम्पूर्ण अस्पतालहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंखया मन्त्रालय अन्र्तगत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्य सेवाको कर्मचारी मध्येबाट नियुक्ति गर्न आवश्यक व्यवस्था अगाडि बढाउने भन्ने उल्लेख गरिएको छ । 

मन्त्रालयले आफैले गरेको निणर्य विपरित न्याम्समा नेपाल सरकारले गरेका नियुक्तिहरुले सरकारी सेवामा रहेका  चिकित्सकहरुलाई अयोग्य ठहर गरी अबमुल्यन गरेको प्रति गोदानले घोर विरोध गरेको छ । 
न्याम्समा सात महिना पछि सरकारी भागबण्डा मिलेपछि बल्ल पदाधिकारी नियुक्ति गरिएको छ । 

प्रेस विज्ञप्ति

Last modified on 2019-03-20 06:18:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts