राष्ट्रिय परिवार योजना सम्मेलन आजदेखि

काठमाडौं, ४ चैत्र । राष्ट्रिय परिवार सम्मेलन सोमबारदेखि काठमाडौंमा सरु हुने भएको छ । सम्मेलन आज र भोली होटल याक एण्ड यतीमा हुने भएको छ । सम्मेलनको नारा 'पहुँचबाहिर परेकाहरुलाई समेट्न' रहेको छ ।
सम्मेलन एक विशेष र उत्पादन मूलक समारोह हुनेछ जसमा स्वास्थ्य क्षेत्रमा विषय विज्ञहरुको सहभागितामा दुई सभा हलमा संग संगै २४ मौखिक प्रस्तुतीकरण सत्रहरु, २८ वटा पोष्टर प्रस्तुतिहरु र चार प्लेनरी सत्रहरु समाबेश हुनेछन् ।
सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको आयोजना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा आड्राको सहयोगमा र परिवार योजनामा काम गरिरहेका २० संघसंस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा हुन लागेका हो । उक्त दुई दिने सम्मेलनमा सरकार, विकास साझेदार, वैज्ञानिक, शिक्षणकर्मी, स्वास्थ्य पेशाकमी, मेडिकल कलेज, मिडिया , अनुसन्धानकर्ता लगायतको सहभागिता हुने भएको छ ।