गण्डकी मेडिकल कलेजको पठनपाठन कहिलेबाट ?



Download our app to get more features

काठमाडौं, ३ चैत्र । डेढ महिनापछि ताला खुलेको गण्डकी मेडिकल कलेजको पठनपाठन सुरु भएको छैन् । 

त्रिविले तोकेको भन्दा बढि शुल्क कलेजले लिएको भन्दै डेढ महिना देखि आन्दोलमा उत्रेका विद्यार्थिहरुले कलेजमा माघ १७ मा ताला लगाएका थिए । विद्यार्थिहरुको आन्दोलन कानुनी प्रकृयामा गइसकेकोले ताला खोलिएको कलेजका आन्दोरत विद्यार्थि परिवर्तन भाटले जानकारी दिए । ४६ दिन कलेजमा ताला लागेको थियो । आन्दोलनका कारण एमविविएस तेस्रो वर्षका विद्यार्थिहरुले बोर्ड परिक्षा समेत दिएका छैनन् । कलेजमा सञ्चालित अन्य कार्यक्रमको पठनपाठन पनि ठप्प छ । 

कारबाहिको प्रक्रिया कानुनी रुपमा अगाडि बडेकोले ताला लगाइरहन उचित नभएकोले खोलिएको भाटले बताए । उनका अनुसार कलेज जिम्मा लिने मान्छै नहुँदा पठनपाठन सुरु भएको छैन् । कलेजका सञ्चालक खुमा अर्याल फरार रहेको र अरु सञ्चालक समितिका सदस्यहरु पनि कलेजको पठनपाठन सुचारु गराउने पक्षमा नदेखिएको उनले बताए । उनीहरुले अर्याल कै आदेश खोजिरहेको उनले आरोप पनि लगाए । तर अर्याल भने अहिले कसैको सम्पर्कमा छैनन् । त्यसैले कलेजको पठनपाठन कहिलेबाट सुरु हुने भन्नेमा अन्योल नै रहेको भाटले बताए ।  

कलेजका अरु कर्मचारी भने हाजिर गरेर फर्कदै गरेको पनि भाटले बताए । पठनपाठन सुरु गर्न कसैले जिम्मा लिनु पर्नेहुन्छ । तर भाटका अनुसार सञ्चालक समितिका अन्य सदस्य समेत कलेजको जिम्मा लिने पक्षमा भने छैनन् । खुमा अर्याल सहित फरार कसैलाई पक्राउ गरिएको छैन् । 

विद्यार्थिहरुले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै पठनपाठन, परिक्षा लगाएतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न र नँया व्यवस्थापनको पहल गर्न जोडदार माग गरेका छन् । 
 

Last modified on 2019-03-17 16:18:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts