न्याम्सका पदाधिकारीले बुझे नियुक्ति पत्र, स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार सुधार्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्तिथिमा न्याम्सका उपकुलपति सुनसरीका डा. देवनारायण (डिएन) साहले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै पत्र बुझेका छन् ।
यस्तै न्याम्सका अन्य पदाधिकारी शिक्षाधक्ष्य पर्साका प्रा.डा. सुबोध कुमार अधिकारी, रजिस्टारमा पाँचथरकी प्रा.प्रमिला देवान, डिनमा सुनसरीका प्रा.डा.पियुस दाहाल र वीर अस्पतालको निर्देशकमा सप्तरीका डा.केदार प्रसाद सेन्चुरीले पत्र बुझेका छन् । नियुक्त भएका सबै पदाधिकारीको कार्यकाल चार वर्षको लागि हुनेछ ।
शपथ ग्रहणपछि प्रधानमन्त्री ओलीले वरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निदेर्शन दिएका छन् । उनले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न आग्रह गरेका छन् ।