५ कर्मचारीको भरमा लुम्बिनी प्रादेशीक आयुर्वेदिक अस्पताल, बोर्ड फेर्न बजेट अभाव

बुटवल, ३०फागुन । बुटवलमा रहेको लुम्बिनी प्रादेशीक आयुर्वेेदिक औषाधलयमा औषधि नहुँदा बिरामीहरु मर्कामा परेका छन् । अस्पतालमा निःशुल्क परिक्षण भएपनि अस्पतालले सबै रोगको लागि एउटै चूर्ण प्रदान गर्दै आईरहेको छ ।
नेपाल संघिय संरचनामा गए सँगै आयुर्वेदिक अस्पताल पनि स्थानीय तहको मातहतमा जाने कुराले सबै अख्तीयारी बुटवल उपमहानगरपालिकामा गएको छ । तर नगरपालिकाबाट बजेट नआउँदा समस्या भएको अस्पतालले जनाएको छ ।
हरेक दिन ७० भन्दा बढि बिरामीहरु आउने अस्पतालमा हरेक रोगको परिक्षण गरिन्छ, औषधि पनि लेखिन्छ । अमृता चुर्ण दिईन्छ र बाँकी औषधि बाहीर किन्न लगाईन्छ । यो कुरा अस्पताल नै स्वीकार्छ ।
अस्पताललमा २४ प्रकारका औषधिहरु नि:शुल्क पाईनुपर्ने भएपनि हाल अमृता चुर्ण बाहेक केही औषधि अस्पतालमा छैन । चुर्ण पनि आफुहरु जडिबुटि खोजेर आफै बनाएकोले त्यो औषधि मात्रै पाईएको अस्पतालको भनाइ छ ।
यता लामो समयदेखि अस्तपाल धाइरहेकी ८१ वर्षिया बृद्वा ईन्द्रकला ज्ञवाली अस्पतालमा चेक हुने र धुलो औषधि मात्रै दिने गरेका बताउछिन् । यस्तै, बाँकी औषधि बाहिरबाट महंगोमा किन्नुपरेको उनको भनाइ छ । यस्तै अवस्था छ ७० वर्षिया दिलमाया थापाको पनि पनि पहिले देखि आउने गरेको र पहिले औषधि अस्पतालले नै दिने र आजभोली नदिने गरेको बताईन् ।
प्रदेश सरकार मातहतमा ल्याउन लागिएको लुम्बिनी प्रादेशिक आयुर्वेदिक अस्पतालको बोर्ड फेर्नको लागी पनि बजेट नभएको अस्पतालले जनाएको छ । पहिले बार्षिक करिब १२ लाख बजेट आउने गरेपनि आजभोली भने बजेट आउन छाडेको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ३ जना प्राविधिक सहित ५ जना कर्मचारीहरु रहेका छन् ।
संघियतामा गएको सरकारमा यस्ता किसिमका बाधाहरु आउँदा संघियता नै खतरामा पुग्न सक्छ । त्यसैले अस्पतालमा औषधि ल्याउनको लागि सरोकारबालाको ध्यान जाओस ।