स्वस्थ शरीरका लागि महिलाले के गर्ने ?
काठमाडौं, २४ फागुन । आफ्नै स्वास्थ्यमा ध्यान दिन नसक्दा बिरामी महिला बढिरहेको एक अध्ययनले देखाएको छ । त्यसैले आफू स्वस्थ रहनका लागि यी महत्वपूर्ण कुरा जानकार रहनैपर्छ ।
घरायसी जिम्मेवारी र छोराछोरीको चिन्तालगायतका कारण महिलाहरूले आफ्नो उति ख्याल गरेका हुँदैनन् । सोही कारण उनीहरू विभिन्न समस्याको सिकार हुनुपरेको छ ।
यस्टा छन्, जान्नैपर्ने टिप्स,
तनाव नष्ट गर्ने
यो निकै ठूलो समस्या हो र सबैभन्दा बढी महिलामा देखिने गर्छ । घरायसी काम, श्रीमान्देखि सन्तानसम्मको चिन्ता लिनुपर्ने हुन्छ उनीहरूलाई । तर, तनावले स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छ । तनाव बढी लिने महिलामा सुगर, हृदयरोगजस्ता डरलाग्दा समस्या देखा पर्न सक्छन् । यसैले गर्दा धेरै तनावमा नरहने ।
खानपानमा ध्यान राख्ने
धेरैजसो महिला कामकाजको चक्करमा खानपिनमा ध्यान दिँदैनन् । तर, यसो गर्नु राम्रो हुँदैन । आफ्नो पूरै घरपरिवारको ध्यान राख्ने महिलाले आफ्नै खानपानको ध्यान राख्दैनन् । र, स्वास्थ्यसम्बन्धी समस्या देखिने गर्छ ।
प्रशस्त निद्रा लिने
निद्रा महिलाहरूका लागि बहुतै जरुरी छ । दिनभरिको थकानबाट आराम पाउनका लागि मात्रै होइन, मुटुसम्बन्धी रोगबाट मुक्त हुनका लागि पनि महिलाहरूलाई पर्याप्त निद्रा आवश्यक हुन्छ । यति मात्रै होइन, महिलाहरूमा धेरै उत्तरदायित्व हुने भएकाले स्वाभाविकै रूपमा तनाव हुन्छ । तनावलाई सहज तरिकाले लिँदै प्रशस्त निद्रा लिन सकियो भने मानसिक समस्याबाट समेत टाढा रहन सक्ने ।
अत्यधिक क्याल्सियम सेवन नगर्ने
शरीरलाई आवश्यकभन्दा बढी क्याल्सियम सेवन नगर्ने । यसले किड्नीसम्बन्धी समस्यासँगै मुटुसम्बन्धी विभिन्न रोग लाग्न सक्ने
सम्भावना हुन्छ ।
व्यायाम गर्ने
महिलाले अधिक मात्रामा व्यायाम गर्न जरुरी छ । हप्तामा दुईदेखि तीन दिन व्यायाम गर्न सकियो भने हृदयविकार, सुगर, क्यान्सरजस्ता डरलाग्दा रोगबाट बच्न सकिन्छ । व्यायाम गर्ने हो भने आम महिलाको व्यक्तित्व राम्रो देखिनुका साथै स्वास्थ्यसमेत राम्रो हुन्छ ।
सही समयमा बच्चा जन्माउने
आजभोलि अलिकति उमेर ढल्किएपछि गर्भवती हुने महिला बढेका छन् । यद्यपि तपाईंले ३२ वर्षभन्दा माथिको उमेरमा बच्चा जन्माउने सोच बनाउनुभएको छ भने चिकित्सकको सल्लाह लिन जरुरी छ ।
स्वस्थ यौनसम्पर्क
यौनसम्पर्कले तनावलाई कम गर्छ । यति मात्रै होइन, स्वस्थ यौनसम्पर्कले दीर्घकालीन रोग लाग्ने खतरासमेत कम हुन्छ । त्यसकारण यौनसम्पर्कका वेला कुनै प्रकारको केही समस्या भयो भने तुरुन्त चिकित्सकसँग परामर्श लिने ।