सरकारी चिकित्सक संघ भन्छः माग पूरा गराउन सरकारसँग छलफल जारी छ

What's This?


Download our app to get more features

काठमाडौं, २२ फागुन । सरकारी चिकित्सकलाई केन्द्र मातहत राखेर खटाउनु पर्ने लगायत माग सहित कर्मचारी समायोजन ऐनमा विभिन्न संशोधनको माग गर्दै संघर्षरत सरकारी चिकित्सक संघ (गोदान) को मागबारे अनौपचारिक छलफल जारी रहेको संघले जनाएको छ ।

कर्मचारी समायोजनको क्रममा सरकारले आफूहरुलाई प्रदेश र स्थानीय सरकार मातहतमा राखेर खटाउन खोजेको भन्दै संघको आह्वानमा आन्दोलनमा सुरु भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासन आएको भन्दै गोदानका माग सम्बोधनको विषयमा छलफललाई निरन्तरता दिने भन्दै संघले आन्दोलन फिर्ता लिएको थियो ।

गोदानको माग सम्बोधनका लागि संघीय मामिला मन्त्रालयले छलफल सुरु गरेको सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले दावी गरे । छलफलमा गोदानका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिलाका प्रतिनिधिहरुको सहभागिता रहेको पाण्डेले हाम्रो डक्टरलाई जानकारी गराएका छन् ।

उनका अनुसार प्रधानमन्त्रीसँगको छलफल र आश्वासनपछि आन्दोलनको कार्यक्रम हाललाई स्थगित गरिएको छ । तर, माग पुरा नभए फेरि आन्दोलन सुरु गरिने पनि पाण्डेले स्पष्ट पारे ।

Last modified on 2019-03-06 14:24:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts