नेपाललाई आत्मनिर्भर बनाउन आयातित औषधिमा रोक लगाउनुपर्छः स्वास्थ्यमन्त्री यादव

चितवन, १९ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपाली औषधिको क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताएका छन् ।
चितवनमा जारी ७ औं 'फर्मा एण्ड हेल्थ एक्स्पो २०१९' अन्तर्गत अंगदान सचेतना सम्बन्धी अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनका लागि बाहिरबाट औषधि निर्यातलाई बन्द गर्नुपर्ने बताए ।
नेपाली औषधिका लागि परामर्श समिति बैठक बसेर ३ वटा नीति बनाई प्रतिवेदन सरकारमा पेश गरेको भन्दै मन्त्री यादवले भने, ‘अब ती कुराहरु चाडै नै कानुन बन्ने चरणमा छन् । नेपालि औषधिको गुणस्तर राम्रो भए बाहिरबाट निर्यात गर्न पर्दैन ।
औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ पनि नेपाल आफैंले बनाउन थाले औषधिमा आत्म निर्भर हुनसक्ने मन्त्री यादवले दावी गरे ।
उनका अनुसार नेपालमा अझै बाहिरबाट ८७ प्रतिशत औषधि आयत हुँदै आइरहेकोछ तर निर्यात भने १३ प्रतिशत मात्रै छ । जसका कारण नेपाल अझैं पनि अन्य मुलुकमाथि भर बस्नु परेको छ ।
नेपालमा अहिले ४० प्रतिशत औषधि उत्पादन गरेको र अन्य देशबाट ६० प्रतिशत निर्यात गरिरहेकाले औषधिको क्षेत्रमा परनिर्भरतामा बाँच्नु परेको मन्त्री यादवले उल्लेख गरे ।
औषधि उत्पादन बढाउनको लागि सरकारले नेपाली औषधि उद्योगसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मानव अग प्रत्यारोपण अस्पतालका कार्यकारि निर्देशक डा पुकार चन्द श्रेष्ठले सरकारले नेपाली औषधिलाई गुणस्तर बनाउनको नीति, नियम कडा ल्याउनु पर्ने बताए ।
नेपालमा अहिले आँखाको प्रत्यारोपण प्रभावकारि रहेको तर अग प्रत्यारोपणमा जनमासमा जनचेतना नपुगेको छैन । उनले भने, ‘अझै पनि मानिसमा व्याप्त कुरिती र विसङ्गति रहेको छ । त्यसमा परिवर्तन हुन आवश्यक रहेको छ ।