नेपालको स्वास्थ्य अवस्था एक सय १० औं स्थानमा, स्पेन सबैभन्दा स्वस्थ



Download our app to get more features

विश्वको सबैभन्दा स्वस्थ मुलुकमा स्पेन पहिलो नम्बरमा छ भने इटली दोस्रो स्थानमा छ । विश्वभरका १ सय ६९ मुलुकमा स्वास्थ्य सम्बन्धी गरिएको मूल्याकंन अनुसार यो नतिजा सार्वजनिक भएको हो । 

दक्षिण एशियाली मुलुकमा हेर्ने हो भने श्रीलंका ६६ औं, बंगलादेश ९१ औं, नेपाल १ सय १० औं स्थानमा छ भने भारत १ सय २० औं स्थानमा छ । भारतमा स्वास्थ्य अवस्था गत वर्षको भन्दा खराव भएको र यस वर्ष एक अंक तल झरेको छ । 

तयस्तै चीनमा स्वास्थ्य अवस्था सुधार हुँदै माथि उक्लेको छ । २०१७ मा चीन ५५ औं स्थानमा थियो भने यस २०१८ मा चि ५२ औं स्थानमा पुगेको छ । ब्लूमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्सको २०१८ को प्रकाशन अनुसार विश्वका १ सय ६९ औं मुलुक यसमा शहभागि भएका थिए । यसमा विभिन्न कुराहरुलाई समावेश गराइएर मुलुकको स्वास्थ्य अवस्थाको र्याकिंग गरियो । जसमा मुलुकका हाराहारी मानिसको स्वास्थ्य वाहेक संक्रमित तथा गैरसंक्रमित रोगबाट हुने मृत्यु र अनुमानित जीवनकाल जस्ता कुरालाई पनि समावेश गराइएको थियो । 

स्वास्थ्यमा सबैभन्दा बढि खर्च गर्ने मुलुक अमेरिका 
अमेरिका त्यस्तो मुलुक हो जसले आफ्नो देशको नागरिकको प्रति व्यक्ति स्वास्थ्यमा सबैभन्दा बढि ११ हजार डलर खर्च गर्छ । यसका बाबजुद अमेरिकाको स्वास्थय र्याकिंग ३५ औं स्थानमा छ । जबकी अमेरिकाको मानिसको अनुमानित जीवन काल घट्दै गइरहेको छ । त्यसैगरी इंगल्याण्डको कुरा गर्ने हो भने त्यहाँ प्रति व्यक्ति स्वास्थ्यको खर्च ४ हजार डलर छ र इंगलयाण्ड स्वास्थ्य र्याकिंग २३ औं स्थानमा छ । जुन मुलुकमा यो सूचीले सबैभन्दा राम्रो प्रदर्शन गरियो त्यस मुलुकका नागरिकको स्वास्थ्यमा ७० प्रतिशत भन्दा बढि खर्च त्यहाँका सरकारले गरेका छन् । ती मुलुकहरुमध्ये आइसल्याण्ड, जापान, स्विट्जरल्याण्ड, स्वीडेन, अस्ट्रेलिया, सिंगापुर र नर्वे सहभागि थिए जो टप १० को लिस्टमा छन् । 

विश्वका ३० सबैभन्दा बढि अस्वस्थ मुलुकमा २७ अफ्रीकी मुलुक छन् र त्यसबाहेक अफगानिस्तान र यमन पनि शामिल छन् ।


(एजेन्सी)

Last modified on 2019-02-26 14:36:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts