नेपालमा १३ प्रतिशतलाई हात्तिपाइले 



Download our app to get more features

फागुन २३, काठमाण्डौं । नेपालमा हात्तिपाइले रोगका संक्रमित १३ प्रतिशत रहेको स्वास्थ्य सेवा विभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


महाशाखाका प्रमुख बाबुराम मरासिनीका अनुसार सबैभन्दा बढी हात्तिपाइले संक्रमित  बर्दिया जिल्लामा रहेको पाइएको छ । बर्दियामा १४ प्रतिशत हात्तिपाइलेका बिरामी छन् । 
नेपालमा हात्तिपाइलेका बिरामीको संख्या घटाउन चुनौती थपिइरहेका बेला महाशाखाले छैटौ चरणको हात्तिपाईले रोग निवारण अभियान सुरु गरेको छ । कार्यक्रम फागुन २९ देखि चैत १ गते सम्म सञ्चालन गर्ने तयारी रहेको निर्देशक मरासिनीले जानकारी दिनुभयो । अभियानभर  ३६ जिल्लावाट १ करोड ३० लाख व्यक्तिलाई निशुल्क औषधी खुवाउने महाशाखाको लक्ष्य छ । 

यो रोग लागेपछि निको नहुने भएकाले सबैले प्रतिकारात्मक औषधि सेवन गर्नुपर्ने महाशाखाका प्रमुख मरासिनीको भनाई छ । 


सन् २०२० सम्म नेपालबाट हात्तिपाईले रोग उन्मूलन गर्ने सरकारी लक्ष्य रहेको छ । यसका लागी सरकारले निशुल्क रुपमा वितरण गरेको औषधि ढुक्कसँग खान पनि महाशाखाले अपिल गरेको छ । पोथी लामखुट्टेको टोकाइबाट मानिसमा ह्वीचेरिया ब्यान्कोफ्टी नामक परजीवि हुँदै हात्तिपाइले लाग्छ । रोग लागेपछि स्वस्थ मानिसको हातखुट्टा सुन्निने गर्दछ । यसको संक्रमणबाट पुरुषमा हाइड्रोसिल र महिलामा स्तन सुन्निने लगायतका लक्षण देखिन्छ । यस्तै हात्तिपाइलेका कारण फोक्सो तथा फियो पनि सुन्निन्छ । संक्रमण भएको लामो समयसम्म यसको लक्षण देखिँदैन । यो रोग लागेपछि निको नहुने भएकाले सबैले प्रतिकारात्मक औषधि सेवन गर्नुपर्ने महाशाखाका प्रमुख मरासिनीको भनाई छ । 
 

Last modified on 2016-03-06 16:33:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts