के–के हुन् मानसिक रोगिका मानव अधिकारहरु ?
काठमाडौं, ११ फागुन । केही मानिसको धारणा मानसिक रोगीलाई केही थहा हुँदैन जे गरेनि हुन्छ, जस्तो बोलपनि हुन्छ भन्ने हुन्छ । तर, उनीहरुलाई सधारण मानिसलाई भन्दा झनै बढी हेरचाहा, राम्रो व्यवहारको आवश्यक हुन्छ । उनीहरुका पनि हक अधिकार हुन्छन् ।
मानसिक रोगीका केही मानवअधिकारहरु यस्ता छन्ः
– स्याहार, उपचार, पुनस्र्थापना, मनोसमाजिक सहयोग पाउने अधिकार
– बोली÷बचन, शारिरीक, भावनात्मक, दुव्र्यहार र यातनाबाटमुक्त हुन पाउने अधिकार
– आत्मसम्मानका साथ स्वायत्त र सार्थक जीवन बिताउन पाउने अधिकार
– मानसिक रोगका कारण उत्पन्न अशक्तताको अवस्थामा समाजिक भत्ता तथा मनो–सामाजिक परामर्श सेवा पाउने अधिकार
– आत्महत्याको प्रयत्न वा आत्महत्याको घटनालाई अन्यथा प्रमाणित नभएसम्म मानसिक स्वास्थ्य समस्या मान्नुपर्ने अधिकार ।
मानसिक रोगीका यी मुख्य मानव अधिकारहरु हुन् । यी बाहेक अन्य मानव अधिकार पनि छन् ।