वीर अस्पतालमा इमर्जेन्सी बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ



Download our app to get more features

काठमाडौं, ५ फागुन । देशकै जेठको वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको पाइएको छ । 

भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । कुरुवा नभएका बिरमीलाई ढोका नजिकै भित्र राखिएको हुन्छ । यहि बाटो भएर बिराम र बिरामीका आफन्त इमर्जेन्सी, एक्स रे, ल्याब तथा ब्लड बैंक जाने गर्छन् । बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरु बताउँछन् । 

यो अवस्थाले बिरामीहरुमा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरु बताउँछन् । 

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा.भोलाराम श्रेष्ठले बिरामी र शव एकै ठाउँ राख्नु बाध्यता भएको बताए । ‘अहिले वीरमा शव राख्ने ठाउँ छैन । ढोकाछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरु काम गर्न सकिँदैन । शवलाई बिरामी राख्ने बेडमा सँगै राख्न मिल्दै ।दिनहुा बिरामी र आफन्तको गुनासो आएको छ । तर, समाधान गर्न सक्ने अवस्था तत्कालका लागि भने छैन’ डा.श्रेष्ठले भने ।

लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज र पशुपति आर्यघाटमा रहेको फ्रिजमा लैजाने गरेको उनले बताए ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2019-02-17 17:00:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts