दर्ता नै नभएको संस्थामा नर्सिङ अध्यापन, नेपालका सयौं विद्यार्थी अन्यौलमा



Download our app to get more features

अस्ट्रेलिया, ५ फागुन । नियमनकारी निकायमा दर्ता नै नभएको अस्ट्रेलियन इन्स्टिच्यूट अफ विजनेस एन्ड टेक्नोलोजीमा नर्सिङ अध्ययनरत सयौं नेपाली विद्यार्थी अन्यौलमा परेका छन् ।

उक्त संस्था यहाँको नर्सिङ विषयको नियमनकारी निकाय अस्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी र अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफरी एक्रिडेसन काउन्सिलमा दर्ता भएको छैन । 

उक्त संस्थामा पढेका विद्यार्थीले सम्बन्धित क्षेत्रमा काम गर्न नपाउने र सर्टिफिकेटसमेत काम नलाग्ने खुलेपछि उनीहरु सहयोगका लागि दूतावाससम्म पुगेका छन् । दूतावासले अस्ट्रेलियाको शिक्षा विभागमा औपचारिक पत्र लेखेर विद्यार्थीको समस्या समाधान गरिदिन आग्रह गरेको छ ।

आप्रा र एनम्याकले नर्सिङ अध्ययन सकेका विद्यार्थीको सर्टिफिकेटलाई दर्ता गरेर नर्सका रुपमा काम गर्न पाउने अधिकार दिन्छ । नर्सिङ पढेका विद्यार्थीले स्थानीय अस्पताल तथा नर्सिङ होममा अनुभवका लागि निश्चित समयसम्म अनिवार्य काम गर्नुपर्छ । तर, उक्त कलेजले प्लेसमेन्टमा नपठाएको विद्यार्थीले बताएका छन् । ‘हामीले दशौं हजार डलद बुझाएर अध्ययन पूरा गर्यौं, अहिले सर्टिफिकेट काम लाग्दैन भन्ने थाहा पायौं’ पीडितले विद्यार्थी सुजन श्रेष्ठले बताइन् ।

अर्की विद्यार्थी सोनी श्रेष्ठले आफूहरुले गरेको अध्ययन अनुसार काम गर्न नपाउने भए तिरेको शुल्क फिर्ता पाउनुपर्ने बताइन् ।

पीडित विद्यार्थीले विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संगठनमा समेत उजुरी दिएका छन् । निमित्त नेपाली राजदूत दु्रपदा सापकोटाले विद्यार्थीको समस्याबारे दूतावास जानकार रहेको भन्दै यसको अनुसन्धान गर्न र सहयोग पुर्याउन सम्बन्धित निकायमा औपचारिक आग्रह गरिसकेको जानकारी दिइन् ।

 

(आजको कान्तिपुर दैनिकबाट) 

Last modified on 2019-02-17 17:00:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts