बाल क्यान्सर विशेषज्ञ कम, दुर्गमबस्तीमा उपचार अभाव
काठमाडौं २५ माघ । कान्ति बाल अस्पतालमा वार्षिक ३ सय संख्यामा क्यान्सर रोगी बालबालिका थपिने गरका छन् ।
भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र केही निजी अस्पतालमा पनि बिरामी बालबालिका भेटिन्छन्।
कान्तिमा क्यान्सरका ६ सय बालबालिका अहिले नियमित उपचारमा छन्। अस्पतालका बालक्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीका अनुसार पहिलेझैं समाजमा स्थापित मानसिकताजस्तो क्यान्सर लाग्दैमा ज्यानै जान सक्नेअवस्था छैन ।
पहिलो चरणमै रोग पत्ता लाग्ने हो भने यो रोगको उपचार सहज र सस्तो छ ।
लगभग एक लाखमै उपचार सकिने भए पनि रोग छिप्पिएपछि उपचार गर्ने हुँदा ४/५ लाख खर्च भइरहेको छ । डा. गिरी भन्छन्, ‘कमै बिरामी मात्रै अस्पतालको पहुँचमा आउँछन्, आएका पनि पहिलो चरणमाआउने बिरामीको संख्या शून्य छ, अधिकांश बिरामीतेस्रो चरणमा आइपुग्छन्।
तेस्रो चरणमा अस्पताल आएकै कारण उपचार सफल दर कम भएको उनले बताए । क्यान्सर भएको ५ वर्षभित्र रोग नबल्झिएमा उपचार सफल मानिन्छ ।
नेपालमा उपचार सफल दर कम हुनुमा भनेढिलो उपचारका साथै अस्पतालको कमजोरपूर्वाधारलाई पनि उत्तिकै जिम्मेवार मानिएको छ ।
अस्पतालमा संक्रमण घटाउने खालको संरचना नहुनु,सरसफाइ नपुग्नु र विशेषखाले बिरामीका लागिछुट्टै बेड राख्न नसक्नुले पनि उपचार कमजोर हुनेगरको विशेषज्ञ बताउँछन्।नेपालमा विशेष गरी रगतस“ग सम्बन्धित(एलल), ल्युकोमिया आँखाको र मिर्गाैला क्यान्सररोगबाट बालबालिका बढी पीडित हुने गरेकाछन्।
जनसंख्याअनुसार बिरामीको चाप बढिहालेदेशका अस्पतालमा उपलब्ध भौतिक स्रोतसाधन र जनशक्तिले धान्न सक्ने अवस्था नभएको चिकित्सकबताउँछन्। नेपाल मेडिकल काउन्सिलमा बालक्यान्सरका ७ विशेषज्ञ मात्रै दर्ता छन्।
बाल क्यान्सररोग विशेषज्ञ डा. कैलाश शाहको अनुभवमा दुईदशकअघि नेपालमा बाल क्यान्सर रोग उपचारकोसफल दर निकै कम थियो।
जनचेतनाले उपचार दर बढे पनि त्यो निकै कम मात्रामा भएको उनीबताउ“छन् । उनी भन्छन्, ‘कतिपयले क्यान्सरपहिचान भएपछि पनि उपचार गराउँदैनन्, दुर्गमकाबिरामीलाई राजधानीमा बसेर उपचार गर्नै अप्ठ्यारोछ, यहाँको बस्नेखाने खर्च अभाव उनीहरूको बाधकबनेको छ ।’
कम्तीमा अञ्चल अस्पतालसम्म सेवा पुर्याउन सके दुर्गमका बिरामीले उपचार अभावमाज्यान गुमाउने थिएनन् भन्ने उनको भनाइ छ । सरकारले बाल क्यान्सर विशेषज्ञ उत्पादन गरी सेवा
विस्तार गर्नुपर्ने बताउँदै उनले थपे, ‘सेवा फराकिलोनभएकै कारण अधिकांश बिरामी रोग छिप्पिएकोअवस्थामा अस्पताल आउँछन्, रोग छिप्पिएपछिक्यान्सर टाउको, छातीलगायत अन्य भागमा फैलिएको हुन्छ, निको पार्न हामीलाई गाह्रै पर्छ ।’
(आजको कान्तिपूर दैनिकबाट)