एचआईभी संक्रमितलाई उपचारमा विभेद, स्वास्थ्यकर्मीबाटै हुन्छ दुव्र्यवहार
काठमाडौं, २० माघ । एचआईभी संक्रमण खेप्दै आएकी काठमाडौंकी एक महिला गर्भवती भइन् । शल्यक्रिया नगरी बच्चा जन्माउने उनको इच्छाअनुसार अस्पतालले सेवा लिन मानेन । एचआईभी संक्रमित भएकै आधारमा शल्यक्रियाबिना सुत्केरी हुन नमिल्ने भनेपछि चिकित्सकसँग उनको भनाभन पनि भयो । संक्रमित भएकै आधारमा आफ्नो इच्छा विपरीत शल्यक्रियाबाट बच्चा जन्माउनु पर्दा उनी दुःखी छिन् । शल्यक्रियामा खर्च बढी लाग्यो, धेरैदिन आराम गरेर बस्नुप¥यो भन्ने उनको गुनासो छ ।
एचआईभी संक्रमित भएकै कारण दाङकी एक मजदुर महिलाको अस्पतालले शल्यक्रिया गर्न माने न । जहाँ उनले संक्रमित भनी आफूलाई चिनाइन् त्यहाँ उनको उपचार सम्भव भएन । चिकित्सकले उपचारमा विभेद गरकै कारण उनले ६ महिना पाठेघरको घाउ बोकेर हिडिन् । परिचय नखुलाई उपचार गरपछि भर्खर त्रिवि शिक्षणअस्पतालबाट उनले पाठेघरको घाउको शल्यक्रिया गरकी छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारऐन, २०७५ ले प्रत्येक महिला तथा किशोरीलाई प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र सेवा पाउने व्यवस्था गरको छ । यो ऐन कार्यान्वयनका लागि नियमावलीहरू भनेबन्नै बाँकी छन् । यसै ऐनको परिच्छेद ८ मा कसैकोलिंग, समुदाय या शारीरिक अवस्थाका आधारमा कुनैभेदभाव नगरी प्रजनन् स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख छ ।
नेपालको संविधानले नै महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकारको सुनिश्चितता गर तापनि यो व्यवहारमा लागूभएको छैन । जसले गर्दा विशेषगरी यौनकर्मी, एचआईभीसंक्रमित र लागूपदार्थ प्रयोगकर्ता महिला प्रजनन् स्वास्थ्यसेवाबाट वञ्चित भइरहेका छन् ।
चिकित्सकले गर्भपतन गर्न नमान्ने, दुव्र्यवहार गर्ने, शल्यक्रिया गर्दा आवश्यक पर्ने सबै सामान खरि दगर्न लगाउने, गोपनीयता भंग गरिदिने जस्ता समस्या संक्रमितले भोग्दै आइरहेका छन् । दुई दशकदेखि एचआईभी संक्रमण भोग्दै आइरहेकी मीरा कुवँरको अनुभवमा संक्रमितलाई स्वास्थ्यकर्मीबाटै दुव्र्यवहार र लाञ्छना लाग्छ । उनी भन्छिन्, ‘आफ्नो समस्या सुनाउँदा मोज गर्ने बेलामा गरिस् अहिले रुन्छेस् भन्दै हप्काउँछन्, कोही डाक्टर त रोग सर्छ र भनेर हाम्रो शल्यक्रिया गर्न मान्दैनन् ।’ स्वास्थ्यकर्मीले गर्ने विभेदकै कारण केहीसंक्रमित उपचार नगरी बस्ने गरको उनले बताइन् ।
संक्रमितका लागि निःशुल्क औषधि, उपचार र परामर्शको व्यवस्था भए पनि बिरामी उपचारका पहुँचमा आउन डराउनुको मुख्य कारण यस्तै सामाजिक विभेद हो । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार विशेष सावधानी अपनाएर उपचार गरेमा बिरामीबाट चिकित्सकलाई एचआईभी सर्दैन । उनी भन्छन्,‘ संक्रमितलाई प्रयोग भएको शल्यक्रियाका सामान अरूबिरामीमा प्रयोग गर्दा रोग सर्छ भन्ने मानसिकता छ, भाइरस निर्मलीकरण गरेर चलाउँदा संक्रमण सर्दैन ।’ चिकित्सकमा यसबार ज्ञान नहुँदा बिरामीमाथि विभेद हुने गरको उनी बताउँछन् । सरुवा रोगसम्बन्धी पुरानै डरत्रास हट्न नसक्दा स्वास्थ्यकर्मीबाट संक्रमितमाथिविभेद हट्न नसकेको बताउँदै उनी थप्छन्, ‘सावधानीअपनाएर उपचार गर्न गाह्रो छैन, तैपनि बिरामीले सहजै उपचार पाउन सकेका छैनन् ।’
राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले प्रत्येक वर्ष स्वास्थ्यकर्मी र चिकित्सकलाई एचआईभीबार तालिम दिने गरको छ । यस्ता तालिममा उनीहरूलाई एचआईभी संक्रमितलाई उपचार गर्ने विधि, जोखिम, सावधानी सबै सिकाइन्छ । केन्द्रका जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ भन्छन्, ‘उपचार गर्दा चिकित्सकलाई संक्रमण नसरोस् भनेर औषधिको पनि व्यवस्था छ, बिरामीको चिकित्सकबाटै उपचारमा विभेद हुन्छ, कम हुँदै भने गएको छ ।’ आगामीदिनमा स्वास्थ्यकर्मीलाई अझ प्रभावकारी तालिम दिएरयस्ता विभेद न्यूनीकरण गरिने उनले बताए ।
तीन दशकदेखिजनस्वास्थ्यमा चुनौतीका रूपमा रहेको एचआईभी तथा एड्स संक्रमण नेपालमा घटदो मात्रामा छ । यौनकर्मी, लागूपदार्थ प्रयोगकर्ता, तेस्रो लिंगी, वैदेशिक रोजगारीमा जानेहरू र जेलका कैदीहरूमा उच्च छ । केन्द्रका तथ्यांकअनुसार देशभर अहिले ३० हजार २० व्यक्तिमा एचआईभी संक्रमण छ । जसमध्ये ५३ प्रतिशतले नियमित औषधि सेवन गरि रहेका छन् । केन्द्रकै सम्पर्कमा उपचाररत छन् ।
केन्द्रका निर्देशक डा.तारानाथ पोखरेल भन्छन्, ‘एड्सको महामारी अन्त्य गर्ने लक्ष्यमा छौं, यसका लागि सरकारले काम गरि रहेको छ ।’ संक्रमितमाथि हुने गरको सामाजिक विभेद र लाञ्छना हट्न सकेमा सन् २०३० सम्म एचआईभीको अन्त्य हुने उनी बताउँछन् ।
(आजको कान्तिपुर दैनिकबाट)