वातावरणमन्त्री पासवान अस्पताल भर्ना

What's This?


Download our app to get more features

काठमाण्डौं, २४ जेठ । जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान सिकिस्त भएका छन् । 

उनको प्यान्क्रियाज सिस्टममा समस्या भएकाले शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् । मन्त्री पासवानका स्वकीय सचिव रोशन पासवानले भने, ‘प्यान्क्रियाज सुन्निएपछि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा राखेर उपचार भइरहेको छ ।’

विश्व वातावरण दिवसमा उपस्थित हुन नसकेपछि मन्त्री पासवानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीले उपचारमा सम्भव सबै प्रयासहरु गर्न चिकित्सकलाई सुझाव दिए । 

शल्यक्रिया नहुने र औषधि सेवन गरेर सञ्चो हुने सल्लाह दिएपछि मन्त्री पासवानलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ । 

 

Last modified on 2016-06-06 06:49:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts