डार्क सर्कल हटाउन डा. खतिवडाको टिप्स



Download our app to get more features

नुहारलाई सुन्दर देखाउन आँखाको ठूलो भूमिका हुन्छ । आँखाको बनावटले सौन्दर्यमा धेरै प्रभाव पारेको हुन्छ । त्यसैले सबैको ध्यान राम्रो देखिन कसरी आँखालाई सुन्दर बनाउने भन्ने हुन्छ ।

तर कहिले काहीँ त्यही आँखाले सबैलाई धोका दिने गर्छ डार्क सर्कल (आँखामुनिको कालो दाग) भएर । डार्क सर्कल भएमा मानिसलाई थकित तथा निरास बनाउने भएकाले सुन्दरतामा ठेस पुर्याउने मात्र होइन आत्मविश्वासमा पनि असर गर्छ । यसले अनुहारको आकृतिमा समेत नकारात्मक असर पुर्याउँछ । यसबाट अहिलेका युवापुस्तामा तनावको विषय बनेको छ । 


पेरिर्ओवाइटल हाइपर पिग्मिटेसनलाई डार्क सर्कल भनिन्छ । डार्क सर्कल भएमा आँखामुनिको छालाको रङ शरीरको अन्य भागको भन्दा गाढा तथा कालो हुन्छ । डार्क सर्कल मुख्यतया ३ कारणले हुने गर्छ । आँखा कालो भएर, आँखा भित्र धसिएर छायाँ पर्ने हुँदा र रगतका नशाको कारण निलो भएर हुने हुन्छ । 


डार्क सर्कल हुने मुख्य कारण नै वंशाणुगत हो । यसबाहेक तनाव, अनिन्द्रा, राति अबेरसम्म नसुत्ने, एलर्जी लामो समयसम्म औषधिको सेवन, टाइफाइन, जण्डिस, प्रदुषण, गलत खानपान, कम्प्युटरमा लामो समयसम्म चलाउने गर्नाले पनि डार्क सर्कले देखिने हुन्छ । यसैगरी कुनै पनि शल्यक्रिया गरेपछि कमजोरी हुने हुँदा यस्तो समसया देखिन्छ । साथै घाममा धेरै हिड्नाले, सुत्केरीको अवस्थामा पनि देखिने गर्छ । 


डार्क सर्कल कुनै गम्भीर समस्या होइन, तरपनि यसले धेरै व्यक्तिलाई थकित, तवान तथा निरास बनाउँछ । डार्क सर्कललाई समयमै ख्याल नगर्दा सौन्दर्यमा ठुलो समस्या ल्याउने हुन्छ । डार्क सर्कल प्रायजसो हर्मोन परिवर्तन भएपछि १२/१३ वर्षको उमेरदेखि ४०/५० वर्षको उमेरसम्म देखिने हुन्छ । तर, कसैलाई यस्तो समस्या जीवन भर पनि रहन सक्छ ।
औषधिको प्रयोग, केमिकल पिमिलिङ गर्ने र लेजर गरि यसको ३ तरिकाबाट उपचार गर्न सकिन्छ ।  


यसबाट बच्नका लागि समयमै सुत्ने, अनिन्द्रा नरहने, घामबाट बच्ने, पानी धेरै पिउने, फलफूलको सेवन गर्ने, घाममा हिँड्दा सन ग्लासको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन सकिन्छ । साथै डार्क सर्कल जान्छ भनेर अनावश्यक क्रिमहरुको प्रयोग गर्नुहुँदैन । जसका कारण डार्क सर्कल अझ बढेर जान सक्छ । सामन्यतया काँक्रो काटेर माथिको भाग आँखामा राख्दा केही हदसम्म यसलाई कम गर्न सकिन्छ । 

 

डा. खतिवडासँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारित 

Last modified on 2016-06-06 10:07:58

2 Comments

  1. म 26बर्षाकि भए मेरो अनुहार डंडीफोर आएर मह हैरान भएकी छु एस्तै म 16/17बर्ष को छदा नि तेस्तै समस्याया थियो तेतिबेला म फेवरलब्ली कृम लगाउथे तेस्ले गर्दा झन आउथ्यो डंडीफोर अहिले केही पनि कृम को प्रयोग गर्दिन र पनि अनुहारमा चिल्लो धेरै अनि डंडीफोर आएर कालो कालो दाग हरु बसेको छ यश बाट कसरी छुटकारा पाउन सकिन्छ

  2. Mero dubai eye ko oripari dark circle ta honina testai pink circle xa yeslai kun medicine le hatauna sainxa leasure or cemical peeling kun chahi ko cost sasto xa ra tesko cost kati ho


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts