उत्तरी खोटाङमा विशेषज्ञ सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर 



Download our app to get more features

भोजपुर, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको आयोजनामा १० दिने निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर उत्तरी खोटाङमा सम्पन्न भएको छ ।

खोटाङको जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा सम्पन्न भएको शिविरमा  हस्पिटल फर ईर्मजेन्सी केअर एण्ड सर्पाेटले सहयोग गरेको । 

शिविरमा छाला, हाडजोर्नी, छाती, जेष्ठ नागरिक, दाँत तथा मुख, आँखा, महिला सम्बन्धी रोग, स्तन क्यान्सर स्क्रिनीङ, भिडियो एक्सरे, आर्युवेद, योग तथा जीवनशैली व्यवस्थापन र औषधि वितरण सेवा निःशुल्क प्रदान गरिएको थियो । 

शिविरमा सामाजिक सेवा ईकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाण्डौमै ल्याई  वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम, सम्पर्क व्यक्ति र फोन नम्बर अभिलेख गरिएको संयोजक डा. प्रकाश बुढाथोकीले बताए । 

आर्युवेद विभाग, न्याम्स वीर अस्पताल, शुक्रराज ट्रपीकल अस्पताल र नेपाल आँखा अस्पतालका विशेषज्ञहरु संलग्न उक्त शिविरमा ३ हजार बढीले सेवा लिएका थिए । 

पुस २२ देखी ३० गतेसम्म संचालन भएको उक्त शिविरमा २ सय महिलाको म्यामो गरिएकोमा ४२ जनाको स्तनमा डल्ला भेटिएकाले एफएनएसी वा बायोप्सी गरी खतरनाक भए नभएको निर्धक्क हुन सुझाईएको छ ।

५ सय ८५ जना बिरामीको दाँत निकालिएको र १५ जनाको सामान्य शल्यक्रिया गरिएको थियो । १ सय १९ जना आँखाको बिरामीलाई शल्यक्रिया गर्नका लागी रेर्कड राखिएको छ । त्यसैगरी अन्य जटिल शल्यक्रियाका लागी १ सय ८९ जनाको अभिलेख तयार भएको छ । आर्युवेदिक, होमीयोप्याथिक र एलोप्याथीक गरी १० लाख बढीको औषधि निःशुल्क वितरण भएको छ ।

डा. प्रकाश बुढाथोकीको नेतृत्वमा डा. विश्व दवाडी, डा. साधना आचार्य, डा. सुरक्षा बास्कोटा, डा. सरोज कुमार राय, हेल्थ असिस्टेन्ट भुवन पुरी, हेअ दौलत तुलाधर, सहयोगीहरु अर्चना के.सी., कुसुम श्रेष्ठ, झुमा पोखे्रल लगायत २५ जना स्वास्थ्यकर्मीहरु काठमाडांैबाट तथा स्थानीय प्राथमीक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्यचौकीबाट ७ जना स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा प्रदान गरेका थिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts