डा. भगवान कोइराला भन्छन्ः उपत्यका बाहिरको सन्दर्भमा डा. केसी लचिलो हुनुपर्छ

What's This?


Download our app to get more features

काठमाडौं, ४ माघ । तत्कालिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष एवं माथेमा कार्यदलका सदस्य प्रा.डा भगवान कोइरालाले संसदमा पुगेको चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा फरक धारणा राखेका छन् । 

प्राइम टाइम्स टिभीको कार्यक्रम प्राइम सम्वादमा पत्रकार उद्धवराज भेटुवालसँग कुरा गर्दै डा. कोइरालाले विधेयकमा सहमति जुटाएर समाधान गर्नेभन्दा पनि जुधाउने बझाउने खेलमा जिम्मेवार मान्छेहरु लागेको आरोप लगाए । डा. केसीको शैलीप्रति पनि डा. कोइरालाले असन्तुष्टि व्यक्त गरे । आफुहरुले विधेयकको मस्यौदा लेख्ने समयमा नै उपत्यका बाहिरको सन्दर्भमा लचिलो हुने मार्गदर्शक सिद्धान्त बनाएको भन्दै डा. कोइरालाले उपत्यका बाहिर रहेर मापदण्ड र पूर्वाधार पुगेका तथा आशयपत्र लिइसकेकाहरुको हकमा अनावश्यक अडान लिनुको कुनै तुक नभएको स्पष्ट पारे । उनले दुवैपक्षले गुणस्तरीय चिकित्सा शिक्षाका निम्तिभन्दा पनि विधेयक र त्यसका एकएक शब्दलाई प्रतिष्ठा विषय बनाएको भन्दै चिन्ता व्यक्त गरे ।

डा. कोइरालाले केसीको अनशनबाट प्राप्त अधिकांश उपलब्धि जोगाउन र चिकित्सा शिक्षा ऐन कार्यान्वयन गराउन बौद्धिक र विवेकी ढंगबाट छलफल र समाधान गर्नुपर्ने बताए । उनले भने, 'एकले अर्कालाई धूप हाल्ने, उचाल्ने पछार्ने गरेर समाधान हुन्छ ?' डा. कोइरालाले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज भए पुग्ने भन्दै जिल्ला जिल्लामा मेडिकल कलेज आवश्यक नहुने समेत बताए । 

डा. केसीका समकक्षी समेत रहेका डा. कोइरालाहरुकै कार्यदलले बनाएको विधेयकमा भएका केही बुँदालाई संसदीय समितिले फरक ढंगबाट व्याख्या गरेपछि केसी आक्रोशित बनेका हुन् । केसीले भने अनुरुप नै राजधानी बाहिर मेडिकल कलेजलाई विकेन्द्रित गर्न पूर्वाधार र मापदण्ड पुगेका र आशय पत्र लिइसकेका मेडिकल कलेज खोल्न एक विश्वविद्यालय ५ मेडिकल कलेज भन्ने बुँदा आकर्षित नहुने आशय विधेयकमा उठेकोमा केसी स्वयं असन्तुष्ट भएर १६ औं अनशन थालेका हुन् । 

राजधानी बाहिर मेडिकल शिक्षालाई विकेन्द्रित बनाउने केसीकै भनाइ भएपनि यो बुँदामा केसीले असहमति जनाउनुलाई उनी कुनै अमूक मेडिकल कलेजप्रति पूर्वाग्रही भएको नेकपा सांसदहरुले आरोप लगाउँदै आएका छन् । विधेयक पारित भएसँगै राजधानी बाहिर संरचना सारेर प्रस्तावित मनमोहन मेडिकल कलेज र झापाको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने देखिएकाले केसीले यसमा असहमति जनाएको बुझिएको छ । 

 

Last modified on 2019-01-20 15:39:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts