मानिसको छाला बाहिरैबाट नशा देखाउने 'भेन भ्यूअर' नेपालमा



Download our app to get more features

काठमाण्डौ, २२ फागुन । मानिसको छाला बाहिरैबाट भित्रको पूरा नशा देखाउने 'भेन भ्यूअर' नेपाल भित्र्याइएको छ ।

बिकास सर्जिकल प्रालिले यस उपकरण भित्र्याएको हो । प्राय विरामीलाई उपचारको क्रममा नसाबाट रगत निकाल्नु पर्ने हुन्छ । तर कहिले काहिँ रगत निकाल्ने क्रममा सानो कमजोरीले बिरामीको मृत्यु हुन सक्छ । अमेरिकामा बनेको भेन भियोरले सजिलै विरामीको नसा कहाँ छ पत्ता लगाई सुईवाट सजिलै रगत निकाल्न सहज हुने विकास सर्जिकलका सञ्चालक सुबिन चौलागाईले जानकारी दिनुभयो ।  विशेषगरि बालबालिका र वृद्धवृद्धाको रगत निकाल्न यो मेशिन उपयोगी हुने बताइएको छ । शनिवार सकिने एक्स्पोमा एक दर्जनभन्दा बढि कम्पनी भाग लिएका छन् ।

राजधानीको सोल्टी होटलमा शुक्रवारबाट सुरु मेडिकल ल्याव एण्ड इक्युप्मेण्ट एक्स्पोमा भेन भ्यूअर लगायत विभिन्न मेडिकल उपकरणहरु प्रदर्शनीमा राखिएको छ । अशोकहाम नामक भारतीय कम्पनीले एक्स्पो आयोजना गरेको हो ।

 

Last modified on 2016-03-05 17:22:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts