भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षभित्र जसरी पनि लिन्याक मेशिन ल्याउन पहल गर्छु — उपराष्ट्रपति 



Download our app to get more features

काठमाण्डौ, २२ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले भक्तपुर क्यान्सर अस्पतालमा बर्षदिनभित्र जसरीपनि क्यान्सर परीक्षण र उपचारमा आवश्यक लिन्याक मेशिन ल्याउन पहल गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 
अस्पतालको २१ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति पुनको यस्तो प्रतिवद्धता आएको हो । अस्पतालले लामो समयदेखि मेशिन ल्याउन प्रयत्न गरेपनि आर्थिक अभावमा सकेको छैन । मेशिनले क्यान्सर परीक्षणका क्रममा मुख्यगरी ट्युमरको आकार कत्रो र कस्तो छ भन्ने कुरा पत्ता लगाउँछ ।
कार्यक्रममा उपराष्ट्रपति पुनले विपन्न नागरिकले क्यानसर उपचारमा पाउँदै आएको एकलाख सहुलियत रकमलाई बढाएर तीन लाख पुर्याउनपनि आफ्नो पूर्ण पहल रहने आश्वासन दिनुभयो । सो अवसरमा भक्तपुर क्यानसर अस्पताल सञ्चालन गरिरहेको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले राज्यको एकलाख सुविधा बढाएको खण्डमा मात्र विपन्न नागरिकले उपचार पाउने भएकाले सूर्तिजन्य पदार्थबाट उठेको कर यसमा लगानी गर्नुपर्ने माग अघि सार्नुभयो । सो अवसरमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक प्रकाशराज न्यौपानेले अस्पतालको वार्षिक प्रगति विवरण पेश गर्नुभएको थियो । वार्षिक उत्सव कार्यक्रममा अस्पतालले सबै सहयोगदातालाई कदर पत्रबाट सम्मान गर्यो । 

Last modified on 2016-03-08 12:01:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts