एकुपञ्चर विभागमा विशेषज्ञ नहुँदा कार्यालय सहयोगीद्वारा सेवा



Download our app to get more features

काठमाडौँ, १५ मंसिर । केन्द्रीय आयुर्वेद अस्पताल नरदेवीमा डाक्टरको सरुवा भएपछि कार्यालय सहयोगीले सेवा दिने गरेका छन् ।

अस्पतालको एकुपञ्चर विभागमा आउने बिरामीलाई डाक्टर नभएको अवस्थामा कार्यालय सहयोगी मोती श्रेष्ठले सेवा दिने गरेका छन् ।

एकुपञ्चर विभागका डाक्टरद्वय जया सत्याल र काशी खतिवडा नवौँ तहमा बढुवा भएपछि अस्पतालको एकुपञ्चर सेवा प्रभावित भएको छ । अस्पतालमा नवौं तहको पद नभएकाले उनीहरु हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर गर्न गइरहेका छन् ।

पछिल्लो समय एकुपञ्चारका लागि निकै राम्रो मानिएको नरदेवी अस्पतालमा ७० देखि एक सय जना सम्मको बिरामी आउने गरेकामा हाल ७ देखि १० जना बिरामी मात्रै आउने गरेका छन् । 

Last modified on 2018-12-02 07:17:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts