भएका एकजना डाक्टरकाे पनि बढुवा भएपछि नरदेवीमा अकुपञ्चर सेवा प्रभावित

What's This?


Download our app to get more features

काठमाडौं, १२ मंसिर । सरकारले स्वास्थ्यका कर्मचारीहरुको सरुवा गरेसँगै नरदेवी आयुर्वेद अस्पतालमा बिरामी समस्यामा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारी सरुवा र बढुवा गरेपछि केन्द्रीय आयुर्वेद अस्पताल नरदेवीमा बिरामीहरु बिचल्लीमा परेका हुन्।

अस्पतलाको विशेषगरी अकुपञ्चर विभाग बढि प्रभावित भएको छ । विभागकी प्रमुख डा.जया सत्यालको बढुवा भएसँगै अस्पताल आउने बिरामीको अनुपातमा निकै कमि आएको अस्पतालका कर्मचारीहरुले बताए ।

अस्पतालका एक कर्मचारीले हाम्रो डाक्टरसँग भने, ‘डा.सत्यालको बढुवा भएर उहाँ मन्त्रालयमा हाजिर गरिरहनुभएको छ । उनको बढुवा सँगै अस्पताल आउने बिरामी झन्डै नगन्य नै बनेको छ ।’

नरदेवी अस्पतालको अकुपञ्चर विभागमा दैनिक २ सय देखि ३ सय बिरामी आउने गर्थे तर अहिले ५० देखि ६० जना मात्रै आउने गरेको उनको भनाई छ ।

नरदेवी अस्पतालमा ९ औं तहको पद नहुँदा डा.सत्याल अहिले मन्त्रालयमा हाजिर गरिरहेकी छन् ।

Last modified on 2018-11-30 08:57:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts