धुम्रपानले निम्त्याउँछ भयानक रोग (भिडियोसहित)



Download our app to get more features

काठमाडौं, १८ जेठ । हेर्दा सामान्य लागेपनि धुम्रपान गर्दा मानिसलाई विभिन्न घातक रोग लाग्ने गरेका छन् । सुर्ती र सुर्तीजन्य पदार्थबाट हुने हानीका कारण क्यान्सलगायत विभिन्न रोग लाग्छ भन्ने आम मानिसलाई अवगत भएपनि धुम्रपान गर्नेको संख्या भने घटेको छैन । पछिल्लो समय धुम्रपानको कुलतमा युवाहरु बढी नै फस्ने गरेका छन् । धुम्रपान, मद्यपानको सेवन गरेकै कारण धरै मानिस विभिन्न दीर्घकालीन रोगले ग्रसित भएका छन् । शिक्षा र चेतना हुँदाहुँदै पनि मानिसहरुले आफ्नाे स्वास्थ्यमा त्यति ध्यानदियको पाईदैन । 

नेपालको सन्दर्भमा सबै उमेर समुहका मानिस लुकेर वा खुलेरै धुप्रपान गरिरहेका हुन्छन् । क्यान्सर रोग विशेषज्ञ डा. उज्वल चालिसेका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट शरीरका सबैजसो अगंहरुमा असर गर्ने हुन्छ । यस्ता पदार्थको प्रभावले शरीरमा विभिन्न रोगहरु देखा पर्छन् । 

चुरोट, बिँडी, तमाखु, सुर्ती, खैनी जस्ता पदार्थमा कार्बोनमोनोक्साइड, निकोटिन, आर्सेनिक,  फोर्मलिडहाइड बेन,  जिन नाइट्रासामिनजस्ता हानिकारक तत्व रहेको हुन्छ । यस्ता पदार्थको निरन्तर सेवनकै कारण मानिसको ज्यानैसमेत जानसक्ने विज्ञहरु बताउँछन् । 

पछिल्लो समय दिन प्रतिदिन नसर्ने रोगको समस्या पनि उत्तिकै बढ्दो छ । यसरी नसर्ने रोगको समस्या बढ्नुको मुख्यकारण नै धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थका सेवन मुख्य कारण हुन् । 

धुम्रपान गर्दा हुने स्वास्थ्य समस्याहरु 

–दम, खोकि तथा श्वस्प्रश्वास सम्बन्धि रोग

–फोक्सोको क्यान्सर

–मुटुको क्यान्सर तथा समस्या

–पाचन प्रणालीको क्यान्सर

–उच्च रक्तचाप

–मष्तिस्कघात     

–गिजा तथा मुख सम्बन्धि समस्या 

–रगत तथा पाठेघरको क्यान्सर

–गर्भ खेर जाने, मरेको बच्चा जन्मने

–पेटको समस्या 

परापूर्वक कालदेखि नै धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने प्रचलन रहिआएको छ । सुर्तीजन्य पदार्थको नकारात्मक असरबारे व्यापक रुपमा चेतना जगाउनुपर्ने चिकित्सकहरु बताउँछन् । सार्वजानिक स्थलमा धुम्रपान निषेध गर्ने, बिक्रि वितरणमा नियन्त्रण गर्ने, चुरोट, खैनी, गुट्खाको प्रयोग कम गर्ने जस्ता व्यवहारलाई बढावा दिनसके स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्च न सकिने विज्ञहरुको दावी छ । छ ।


 

Last modified on 2016-06-01 10:11:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts