विश्व हातधुने दिवस

३० सेकेण्डसम्म हात धुऔं



Download our app to get more features

आज अर्थात १५ अक्टोबर, विश्व हातधुने दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्व स्वास्थ्य संगठनले सन् २००८ मा शिशु मृत्युदर कम गर्न र झाडापखाला नियन्त्रण गर्ने उदेश्यले हातधुने अभियान चलाएदेखि यो दिवस मनाउन थालिएको हो । 

हात नधोई खाना खाँदा वा नवजात शिशुलाई छुँदा संक्रमण हुन सक्ने र उनीहरू विभिन्न रोगको शिकार बन्ने हुँदा हात धुनु आवश्यक भएको विश्व स्वास्थ्य संगठनको ठहर छ । विभिन्न अध्ययनका अनुसार अधिकांश मानिस मात्र ६ सेकेन्ड हात धुने गर्छन् जबकि विशेषज्ञहरूले कम्तीमा २० देखि ३० सेकेन्ड सम्म हात धुन सल्लाह दिन्छन् । राम्रोसँग हात नधुने हो भने किटाणु नष्ट हुँदैन जसले गर्दा विभिन्न रोग लाग्न सक्छ । 

के तपार्इं राम्रोसँग हातधुनु हुन्छ ?
अमेरिकाको एरिजोना स्टेट यूनिभर्सिटीका विशेषज्ञहरूले गरेको एक अध्ययनमा प्रायः जसो मानिसले मात्र ६ सेकेन्ड हात धुने गरेको बताएका थिए । जबकी हात धँुदा कम्तीमा पनि २० देखि ३० सेकेन्ड हात धुनु पर्छ र हात मात्र धुने होइन कि सही तरिकाले हात धुनु पनि जरुरी रहेको अध्ययनको सुझाब छ । किनकी पटक–पटक गलत तरिकाले हात धुनाले हातमा भएका किटाणुको प्रतिरोधात्मक क्षमता विकसित हुन पुग्छ र साबुनमा पाइने जीवाणुरोधी रसायनको प्रभाव पनि किटाणुमाथि कम हुन थाल्छ ।

यसरी धुनुहोस् हात 
हात धुने समय राम्रोसँग फिज आउनु पर्छ । उक्त समय हातको दुवै तर्फ नङ र औंलाको बिचमा पनि राम्रोसँग सफा गर्नुपर्छ । । हात सफा गरिसकेपछि सफा पानीले राम्रोसँग हात धुने र सुख्खा तौलियाले पुछ्नु पर्छ । 

लिक्विड ह्यान्डवास प्रयोग गरौं
हात धुनका लागि लिक्विड ह्यान्डवास प्रयोग गर्नु सबै भन्दा राम्रो हुन्छ । लिक्विड ह्यान्डवासमा सामान्य साबुनको तुलनामा किटाणुसँग लड्ने शक्ति बढी हुन्छ । यो पटक–पटक छुट्टाछुट्टै मानिसको सिधा सम्पर्कमा आउँदैन । 
शौचालय, विषेशगरी सार्वजनिक शौचालयको ढोकाको ह्यान्डलमा सबै भन्दा बढी किटाणु हुन्छन् । त्यसैले हात धोइसकेपछि सिधै ह्यान्डल छुनु हुँदैन । यसो गर्नाले ह्यान्डलमाथि भएका किटाणु तपाईंको हातमा आउँछ । जसले गर्दा हात धुनुको कुनै फाइदा हुँदैन । त्यसैले शौचालयको ढोका केही सामानले समातेर खोल्ने प्रयास गर्नु पर्छ । जस्तै: टोइलेट पेपर । 

कुन–कुन समय हातधुने ?
शौचालय प्रयोगपछि, खाना खानु अघि र खाइसकेपछि सधंै साबुनले हात धुनु पर्छ । यो एक राम्रो बानी हो र यसले तपाई सँधै स्वस्थ पनि रहनु हुन्छ ।

कति समयसम्म हात धुने ?
साबुनले वा ह्यान्डवासले हात धुने समय फिज मज्जाले आए पछि करिब २० सेकेन्ड सम्म हात धुनु पर्छ । हात धुँदा सधंै एन्टी ब्याक्टेरियल साबुनको प्रयोग गर्नुपर्छ भन्ने जरुरी हुँदैन । कुनै पनि साबुनले राम्रोसँग हात धुनाले हातमा भएका किटाणु मार्न सहयोग पुग्छ । 

हात धुँदा मन तातो पानी प्रयोग गरौं 
हात धुँदा सकेसम्म मन तातो पानीको प्रयोग गर्नु सबै भन्दा उत्तम मानिन्छ । यसले धेरै मात्रामा किटाणु नष्ट हुन्छन् साथै हात पनि कोमल र किटाणुरहित हुन्छ । तर, पानी धेरै तातो हुनु हुँदैन किनकी धेरै तातो पानीको प्रयोगले पोल्न सक्छ र छालालाई नोक्सान हुन सक्छ ।

सफा तौलियाको प्रयोग गर्ने
हात राम्रोसँग धोइसकेपछि लगाएको लुगा, रुमाल वा ओढ्नी अथवा फोहोर र भिजेको तौलियाले पुछ्नु हुँदैन । किनकी पहिलादेखि प्रयोग गरेको हुनाले तिनमा किटाणु हुन्छ । जुन चिसो भिजेको हातमा सजिलै टाँसिन्छ । त्यसका लागि सँधै सफा र सुकेको तौलिया नै प्रयोग गर्नु पर्छ । 

हात धोएपछि के गर्ने 
सामान्यतया सबैले हात धोइसकेपछि हातमा भएको पानीलाई तलतिर बग्न दिन्छन् । जसले गर्दा हत्केलाका किटाणु औँलाको टुप्पोमागएर बस्न सक्छ । त्यसैले हातधोइसकेपछि केहि समय माथि गरेर राख्नु पर्छ । हात धोइ सकेपछि सफा तौलियाले पुछ्ने । 


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-10-16 07:16:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts