‘ओम समाज डेन्टल आएका बिरामी पैसा अभावमा फर्कनु पर्दैन’ (भिडियोसहित)



Download our app to get more features

काठमाडौं, २२ असोज । ओम समाज डेन्टल हस्पिटलका सञ्चालक एवं दाँत तथा मुखरोग विशेषज्ञ डा. सुवास घिमिरेले अस्पतालमा आएका बिरामी पैसाको अभावका कारण फर्किन नपर्ने घोषणा गरेका छन् । मेधावी सहकारी संस्थाको चौथौं वार्षिक उत्सवका अवसरमा उनले ओम समाज डेन्टल हस्पिटल गरीब र न्यून आर्थिक अवस्थाका व्यक्तिलाई लक्षित गरि स्थापना गरेको जानकारी दिए ।

मुख शरीरको प्रमुख द्वार भएकोले यसमा नियन्त्रण राखेमा ५० प्रतिशत रोग आफै नियन्त्रित हुने डा. घिमिरेको भनाइ छ । डेन्टल हस्पिटल भनेर दाँतको मात्र समस्या हेर्ने होइन मुखको कारणले नै पेट सम्बन्धी समस्या हुने भएकाले मुख स्वास्थ्यमा विचार पुर्याउन आग्रह समेत गरे । विदेशमा बिरामी अस्पतालमा पुगेपछि पहिला उसको उपचार र त्यसपछि मात्रै पैसाको कुरा उठ्ने उनले स्मरण गरे । उनले भने ‘नेपालमा बिरामी जतिसुकै समयमै अस्पतालमा ल्याए पनि सुरुमै अस्पतालले भनेजति पैसा तिर्न नसके उपचारै हुँदैन ।

सरकार र सरोकारवाला निकायले यसतर्फ बेलैमा ध्यान दिनुपर्छ ।’ उनले आजसम्म ओम समाज अस्पताललाई डा. सुवासको अस्पताल भनेर चिन्ने गरेको भए पनि आजैको दिनबाट हामी सबैको अस्पताल भन्न आग्रह गरे । उनले भने, ‘पैसा कमाउनु नै जीवनको उदेश्य हेइन । मेधावी सहकारीले यस अस्पतालमा आएका हरेक बिरामीलाई उत्कृष्ठ सेवा दिन तयार छ ।’ उनले अस्पतालले बिरामीको अवस्था हेरेर उसको आवश्यकता अनुसार अस्पतालले डिस्काउन्ट दिने घोषणा गरे ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-10-09 17:09:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts