८० प्रतिशत बालबालिकाको अन्धोपना उपचारमार्फत हटाउन सकिने

What's This?


Download our app to get more features

काठमाण्डौ, २१ असोज । नेपालमा शुन्य दशमलव शुन्य छ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिने गरेको छ ।

ति अन्धोपनमध्ये ८० प्रतिशत बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने भए पनि चेतनाको अभावले उपचार हुन सकेको छैन । यसैलाई मध्येनगर गरेर काठमाण्डौमा बाल आँखा रोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गरिएको छ । शारीरिक तथा न्यूरोलोजिकल कारणबाट देख्न सक्ने क्षमताबाट बञ्चित हुनु अन्धोपन हो । सन् २०१४ मा नेपालमा गरिएको सर्भे अनुसार शुन्य दशमलव शुन्य छ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिने गरेको छ । अन्धोपनको कारण र यसको न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले बाल आँखा रोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।

बाल आँखारोगको उपचारबारे सीप, प्रविधि र ज्ञानको आदानप्रदान गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरिएको हो । बढिरहेका आँखाहरुका लागि हासिल गरौ ज्ञान भन्ने मुल बिषयमा केन्द्रित सम्मेलन सोमबारसम्म चल्नेछ । तिलगंगा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विशेषज्ञ  तथा आयोजक समितीका अध्यक्ष डाक्टर सृजना अधिकारीले सम्मेलनमा बालबालिकामा हुने दृष्टिदोष, टेढो आँखा, अल्छि आँखा, जन्मजात मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, आँखाको क्यान्सर लगाएतका बिषयमा छलफल हुने जानकारी दिए । त्यस्तै उमेर नपुगी जन्मेका बच्चामा लाग्ने आँखा रोग, मस्तिष्क सम्बन्धी रोग लागेका बालबालिकामा हुने आँखा समस्या, आँखा रातो हुने, चिलाउने आदि सम्बन्धी छलफल पनि सम्मेलनमा हुनेछ । 

सम्मेलनमा राष्ट्रिय तथा अन्तरािष्ट्रय गरेर आँखाको बाल रोग विशेषज्ञ, सामान्य नेत्र विशेषज्ञ, आवासिय चिकित्सक,अफ्थाल्मीक एसिस्टेन्ट, एनेस्थेटिक एकसय भन्दा बढिको सहभागिता रहेको छ । सन् २०१४ मा नेपालमा गरिएको सर्भे अनुसार शुन्य दशमलव शुन्य छ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिने गरेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ । सम्मेलनमा नेपाल, सिंगापुर, अमेरिका, बंगलादेश, क्यानडा, भूटान, साउदी अरेयिबा लगायतका बाल आँखा रोग विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

Last modified on 2018-10-07 09:59:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts