‘सेभ द हार्ट’ले मनायो पाँचौ वार्षिकोत्सव

What's This?


Download our app to get more features

काठमाण्डौ, ३१ भदौ । मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले सुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । 

शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे । सन् २०१३ मा मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा सुरु भएको संस्थाले त्यसयता विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै भूकम्प प्रभावितहरुको उपचारमा पनि काम गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष डा. भट्टराईले हालसम्मका क्रियाकलापका बारेमा जानकारी दिए । उनका अनुसार संस्थाले हालसम्म ३९ वटा स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट जम्मा ४५ हजारको चारसयको स्वास्थ्य परीक्षण गरिएकोमा एकसय ७ जनाको शल्यक्रिया गरिएको छ ।

त्यसमध्ये ४६ जना विपन्न नागरिकको उपचारमा लागेको सम्पूर्ण खर्च संस्थाले बेहोरेको छ भने ६१ जनालाई आंशिक सहयोगसहित उपचार गरिएको उनले जानकारी दिए । संस्थाले स्थापनायता मनमोहन कार्डियोथोरासिक सेन्टर लगायत विभिन्न स्वास्थ्य संस्थालाई सामाग्री तथा उपकरण सहयोग गरेको जनाएको छ । संस्थाले नेपालमा उपचार सम्भव नभएका बिरामी कमल रेग्मीलाई इटालीमा लगेर उपचार गराएको पनि जनाएको छ । इटाली पढेर फर्किएका डा. भट्टराईले मुख्यतः संस्थालाई इटालीकै संस्थाहरुले सहयोग गरेको जानकारी दिए ।

जसअनुसार संस्थाले नेपालका दुईजना मुटुरोग विशेषज्ञलाई इटालीमा पठाएर तालिम पनि दिलाएको छ । संस्थाको वार्षिकोत्सव समारोहमा सहभागी भएकाहरुले संस्थाको क्रियाकलापलाई लिएर प्रशंसा गरे । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले खानपान, वातावरण र रहनसहनले गर्दा मुटुरोगको जोखिम उच्च भएकाले रोकथामात्मक कार्यक्रममा जोड दिन संस्थालाई सुझाव दिए । त्यस्तै, त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं मुटुरोग विशेषज्ञ अरुण सायमी, मनमोहन कार्डियोथोरासिक एण्ड भाष्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, त्रिविकी रेक्टर सु्धा त्रिपाठी लगायतले सेभ द हार्टले मुटुरोगको जनचेतना अभिवृद्धिमा उल्लेख्य भूमिका खेलेको टिप्पणी गरे । सो अवसरमा संस्थाले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्यो । संस्थाले मुटु जोगाउ अभियानमा योगदान दिएको भन्दै रिपोटर्स नेपाल डटकमका सम्पादक रुद्र कार्कीलाई पनि सम्मान गरेको छ । 


 

Last modified on 2018-09-17 06:55:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts