औषधि कम्पनीमा छापा मार्नु सरकारी दादागिरी : औषधि उत्पादक

फागुन २१, काठमाण्डौ । सरकारी अनुगमन टोलीले लोमस र देउराली जनता फर्मास्युटिकलमा छापा मार्नुलाई औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले सरकारी दादागिरीको संज्ञा दिएको छ ।
अनुगमन टोलीले औषधि कम्पनीमा छापा मारी सञ्चालक नियन्त्रणमा लिएसँगै संघको यस्तो प्रतिक्रिया आएको हो । 'औषधि उत्पादकहरुको सहमति बिनै बढाइएको औषधिका भाऊ लागू गराउन खोज्नुले सरकार आफै स्वदेशी कम्पनीलाई धराशयी बनाउन लागी पर्नु हो ।' औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष उमेशलाल श्रेष्ठले भने । राजपत्रमा प्रकाशित भएको मूल्यमा औषधि बिक्रि गर्न नसक्ने जानकारी पटकपटक गराउँदा पनि सरकारले सुनुवाइ नगरी छापामार शैलीमा औषधि सिल गर्नु दुःखदायी भएको उत्पादक संघका अध्यक्ष शंकर लामिछानेले बताउनुभयो ।
सरकारले पक्राउ परेकालाई रीहा गरि कदम नसच्याए नगरे औषधि व्यवसायीहरु सँग मिलि भोलिबाट देशभर औषधि वितरण राक्ने उत्पादकहरुको चेतावनी छ ।