लुम्बिनीका नर्सले बनाए नवजात शिशु सम्बन्धी तीज गीत (भिडियो)



Download our app to get more features

काठमाण्डौ, २७ भदौ । लुम्बिनी अञ्चल अस्पतालको एनआइसियुमा कार्यरत नर्सहरुले नवजात शिशुको स्याहार गर्ने तरिका बारे तीजको गीत बनाएका छन् । 

लुम्बिनी अञ्चाल अस्पतालले आफ्नो फेसबूकबाट शेयर गरेको उक्त गीतको भिडियोमा नवजात शिशुको स्याहार सम्बन्धी जानकारीहरु राखिएको छ । जन्मेदेखि २८ दिनसम्मको अवधिलाई नवजात भनिन्छ । सो अवधिसम्म शिशुलाई आउन सक्ने अवस्था र त्यसको स्याहार गर्ने तरिका गीतमा बताइएको छ । नेपालले नवजात शिशु मृत्युदर घटाउन लिएको सहश्राव्दी विकास लक्ष्य समेत पूरा गर्न सकेन ।

आजपनि नेपालका कयौं भूभागमा उपयुक्त जानकारी नहुँदा नवजात शिशुहरुको अकालमा ज्यान गइरहेको छ । नर्सहरुले जानकारी प्रस्तुत गर्न तीजको शैली अपनाएकाले दर्शकहरुले यसको प्रशंसा गरेका छन् । 

हेरौं भिडियो । 

 

Last modified on 2018-09-12 20:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts