क्यान्सरको औषधि प्रयोगमा अपनाउनु पर्ने सावधानी
क्यान्सर रोगथामको लागि प्रयोग हुने औषधि अर्थात एन्टी क्यान्सर ड्रग्स ‘केमो’ अन्य औषधिको तुलना धेरै असर तथा दुष्प्रभाव गर्ने हुन्छन् । क्यान्सर भएको व्यक्तिले एक वा एक भन्दा बढी औषधिहरू क्यान्सर निदानको लागि प्रयोग गरिरहेका हुन्छन् । ति औषधिको प्रयोग गर्ने प्रविधिलाई केमोथेरापी भनिन्छ । यस्ता औषधिको लापरवाहीपूर्ण सेवन गर्ने र गराउनेलाई जोखिम धेरै हुन्छ । क्यान्सर उपचारमा विभिन्न प्रकारका किमोथेरापी बनेका छन् । हरेक औषधिको प्रयोग गर्ने तरिका फरक छन् । साथै केमोथेरापी फरक हुन्छन् । किमोका केही औषधि सुइमार्फत नशामा लगाइन्छ भने केही केमो मुखबाट खानु पर्ने पनि हुन्छ ।
केमोथेरापी कुन प्रयोग गर्ने भन्ने विषय क्यान्सरको प्रकार, बिरामीको अवस्था र उमेरको आधारमा चिकित्सकले निर्णय गर्छन । यी औषधिले सामान्य कोषलाई समेत असर गर्ने हँुदा निम्न कुरामा ध्यान दिन जरूरी छ ।
१. यस्तो औषधि सेवन गराउदा छुट्टै स्थानको व्यवस्था गर्नुपर्छ ।
२. गर्भवती, स्तनपान गराइरहेकी महिलाको नजिक तथा उनीहरूको सम्पर्कमा क्यान्सरका औषधिहरू सेवन नगर्ने, नगराउने ।
३. यस्ता औषधिमा सचेतमुलक लेवल टाँसी भण्डारणमा समेत जानकारी गराउने ।
४. यदि औषधि प्रयोग गर्दागर्दै एक्कासी रोक्नु पर्ने भए वा औषधिको म्याद सकिए प्रतिस्थापन तथा व्यवस्थापन गर्नुपर्ने भएमा चिकित्सक वा फर्मासिष्टसँग परामर्श लिने ।
५. औषधि सेवन गर्दा खुल्ला हातले प्रयोग नगर्ने वा नगराउने ।
६. बच्चा र अन्य परिवारको पहुँचबाट टाढा राख्ने ।
७. औषधिले अन्य असर तथा समस्या देखिएमा चिकित्सक वा फर्मासिष्टसँग सल्लाह लिने ।
८. चिकित्सक, फर्मासिष्ट नर्सहरूले औषधि प्रयोग गर्दा, बिक्रीवितरण तथा औषधिजन्य सेवा दिदा सचेत भई अस्पतालको निर्देशन बमोजिम कार्य गर्ने ।
९. औषधि अस्पतालमा भण्डारण गर्दा छुट्टै ठाउँमा गर्ने तथा अन्य औषधि सँग नराख्ने ।
१०. क्यान्सरका औषधिहरू सुरक्षित, सुख्खा ठाउँमा राखी घामबाट सुरक्षित राख्ने ।
११. क्यान्सरका औषधि विक्रिवितरण गर्ने ठाउँमा सचेतमुलक जानकारी तथा चिन्नहरू राखी जानकारी गराउने ।
१२. बिक्रीवितरण तथा औषधि प्रयोग गर्ने, गराउने स्वास्थ्यकर्मीलाई तालीम तथा प्रयोगात्मक शिक्षा दिने ।